Latest Post

--------------गजल-------------------

~~~~~महिनावारी ~~~~~

मिथुन कुँवर


हाम्रो समाज कम्तिमा पनि, यत्तिको बुझकारी हुनुपर्छ ।
कि महिनावारीमा पनि नारी सबैकी प्यारी हुनुपर्छ ।

चुरोट सुर्ती खुलेआम बेच्दा प्याड किन लुकाएर ??
यो स्वास्थ सुरक्षाको कुरा हो, सबैलाई जानकारी हुनुपर्छ ।

यो सृष्टि निरन्तर चलिरहन, कम्तिमा एउटा कुरा चाहिन्छ,
कि त सबै अमर हुनुपर्छ, कि त यो धर्तीमा नारी हुनुपर्छ ।

एक रात बिताएकै भरमा षुरुषहरु बाउ बनिरहदा,
नारीलाई आमा बन्नकै लागि बर्षौँ महिनावारी हुनुपर्छ ।

यो छुन हुदैन त्यो छुन हुदैन, अपवित्र नै बनाईदिन्छन,
शारीरिक भन्दा पनि अझै बढी मानसिक बिमारी हुनुपर्छ ।

महिनावारी नभोगी, प्रसव पिडा नभोगी, पिता बन्न पाएकाछौँ,
ए! कथित पुरुष!! तिमीहरू त नारीप्रति आभारी हुनुपर्छ ।

प्याड, हट ब्याग, पोषण खाना, सफा नाना
नारीको हर पाइलामा, पुरुषको पनि जिम्मेवारी हुनुपर्छ ।

रजस्वलामा असह्य पिडा "डिस्मेनोरीया" एक बिमारी हो
यो सामान्य होईन, यसको उपचार हुन्छ, पुर्व तयारी हुनुपर्छ ।

नारी हुनुको हद सम्झिनु पर्ने ! समाजको दायरा सम्झिनु पर्ने !
के पुरुषप्रधान समाज भन्दैमा नारी मात्र संस्कारी हुनुपर्छ ??

Video:

मिठो लय, भाका, स्वर र शब्दका धनी गजलकार सुरेश सुवेदीका तथा उहाको लयमा अन्य सर्जकका केही गजलहरू  

१. मनको सादा कागजमा केरी उनीलाई, लेख्दै छु म एउटा चिठी मेरी उनीलाई ~ सवाई छन्द

२. मादलु तालमा देउडा र रोधी गाउन बाकी छ, नलाउ ताला ढोकामा कोही आउन बाकी छ । ~झ्याउरे लय

३. तिमी आँशुका नागबेलीहरूमा, बग्यौ खल्किदै यी परेलीहरूमा ~ भुजंगप्रयात छन्द

४. तिमी अनाम मन्डली सदावहार सम्झनु, गएनी दूर देश यो अनन्त प्यार सम्झनु ~ पञ्चचामर छन्द

५. लुट्छ आफन्तले गास आफन्तको, शत्रु  भन्दा बढी त्रास आफन्तको । ~ स्रविणी छन्द




त्यो सुन्दरताको अगाडि यो मन नतमस्तक छ, त म के गरु?
त्यसैले सायद, मुटुको अजिब/अजिब हर्कत छ, त म के गरु?

मेरो मन र मस्तिष्कको द्वन्द चलिरहन्छ आजभोली
किनकी मनलाई उस्को अति जरुरत छ, त म के गरु?

उ मेरी हुन सक्दिन भन्ने बुझिसक्यो, यो मस्तिष्कले
तर मनले उस्लाई नै चाहने आदत छ, त म के गरु?

हिजो भेट भो मेसेन्जरमा, तिमी खुशी त छौ नि, सोधी उस्ले
किनकी सायद मेरो प्रेम उस्लाई पनि अवगत छ, त म के गरु?

चाह्यो भने दुनियाँसंग लडेर उस्लाई जित्न पनि म सक्छु
तर उस्को सिउदोमा अब अर्कैको दस्तखत छ, त म के गरु?

                                     -पुजन पौडेल
                                       (हाल,धरान)

अङ्कुरण – बर्ष २०७४


कृति: अब्कुरण – बर्ष २०७४
प्रकाशक : इन्जिनियरिब साहित्यिक समाज
पूर्वाञ्चल क्याम्पस, धरान
इ.सा.स–धरान

अब्क: १
वर्ष: प्रथम (२०७४)
संस्करण : प्रथम २०७४
ISSN : 2565-5221
मूल्य : रु १२० ।– (बिद्यार्थीका लागी)
रु १५० ।– (अन्यका लागी)

लेआउट : इ.सा.स.–धरान
मुन्द्रण : PGS Graphics
सर्वाधिकार: © लेखकहरुमा
आवरण डिजाइन तथा फोटोग्राफी: मिथुन कुवँर
विज्ञापन डिजाइन : बैकुण्ठ आचार्य, मिथुन कुवँर
इमेल: info@esas.org.np
फेसबुक: fb.me/esasdharan
वेवसाइट: http://esas.org.np


छापा पुस्तकको लागी सम्पर्क
इमेल: info@esas.org.np
फेसबुक: fb.me/esasdharan

निशुल्क इ-बुक को लागी 
Download Ankuran-barsa_2074


अङ्कुरण–वर्ष २०७४ मा प्रकाशित एक प्राविधिक लेख

माटोको स्वास्थ्य तथा विशिष्ट गुण थाहा पाउन माटो परिक्षण
–स.प्र. अलङ्कार काफ्ले
पूर्वाञ्चल क्याम्पस, धरान

हामीहरु कुनै न कुनै तरिकाले माटोसँग चिर परिचित छौ । त्यसैले हामीलाई माटोको प्रयोग र माटोको महत्वको बारेमा खासै वर्णन गर्नु पर्दैन । माटोका विभिन्न प्रयोग तथा आवश्यकताहरु मध्ये मुख्य त माटो कृषिको लागी प्रयोग गरिन्छ किनकी माटो बनस्पतिको उत्पति तथा विकासका लागि अत्यावश्यक प्राकृतिक माध्यम हो । जसको माध्यमबाट नै बनस्पतिहरुले आफु हुर्कन बढ्नका लागी चाहिने आवश्यक खनिज पदार्थपानी तथा अन्य रसायनहरु प्राप्त गर्ने तथा बनस्पतिहरु अडिनका लागी सहायता  प्राप्त गर्दछन् । तर त्यही माटोमा रहेका विभिन्न खनिज पदार्थहरुमा विभिन्न वातावरणीय प्रभावका कारण समयअवस्था अनुसार परिवर्तन आउछ । कुनै रसायन तथा खनिज पदार्थको मात्रा बढ्न सक्छ भने कुनै पदार्थको  मात्रा घट्न सक्छ । जसका कारण माटोमा असन्तुलन पैदा भइ जुन तरिकाले बनस्पतिको वृद्धि विकास हुनुपथ्र्यो त्यो तरिकाले हुदैन । जसले गर्दा कृषि उत्पादनमा पनि ह्रास आउछ । माटो अहिले कुन अवस्थामा छ यसमा के कुराको अभाव छके कुराको मात्रा बढि छ भन्ने थाहा पाउन सके मात्र त्यसपछि माटोलाई त्यही अनुसारको उपचार तथा नियन्त्रणको अभ्यास गर्न सकिन्छ । तब मात्र माटोलाई सन्तुलन अवस्थामा राख्न सकिन्छ । त्यसैले माटोका विभिन्न भौतिकरासायनिक र जैविक विशिष्ट गुणहरु थाहा पाउन माटो परिक्षण जरुरी हुन्छ । हामीले माटोलाई विभिन्न समय समयमा नियमित परिक्षण गराउनु पर्छ । नियमित रुपमा माटो परिक्षण गर्नाले माटोको उर्वरा व्यवस्थापन गर्न मद्दत मिल्दछ । हामीलाई थाहा भएकै कुरा होपृथ्वीमा उर्वर भूमिको क्षेत्रफल सिमित छ तर जनसंख्या वृद्धिदर उच्च छ । बढ्दो जनसङ्ख्या कारणले उपलब्ध खेतीयोग्य जमिनमा ज्यादा मात्रामा कृषि उपज उत्पादन गरि भोलिका दिनका लागि साथ सुरक्षा गर्नु आजका मानिसका लागी ठुलो चुनौती बिषय छ । नत्र यही तरिकाले अगाडी बढ्दा भोली मान्छेले मान्छेलाई नै सिकार गर्नु बाहेक अन्य विकल्प नहुन सक्छ । आजकै दिन देखि नै माटो परिक्षण गरि यसका विशिस्ट गुण थाहा पायौ र यसलाई स्वस्थ राख्न आवश्यक कदम चालेमा मात्र भोलिको खाद्य सुरक्षाको चुनौतीलाई कम गर्न सकिन्छ ।
 माटो परिक्षणका उद्देश्य/आवश्यकता
१. माटोको संरचना (soil texture) थाहा पाउन
२. माटोमा भएका पोषण तत्वहरु (नाइट्रोजनपोटासियमफस्फोरस आदी) को मात्राको बारेमा थाहा पाउन
३. माटोको संरचना तथा गुणस्तरको आधारमा उपयुक्त बालि सिफारिस गर्न
४. माटोको गुणस्तरको आधारमा माटोको मुल्यांकन गर्न तथा उर्वरताको आधारमा कृषि नक्शा तयार पार्न
सामान्यतया माटोमा परिक्षण गर्दा निम्न लिखित कुराहरुको गरीने तथ्यहरु पत्ता लगाइन्छ । तिनीहरुको बारेमा सामान्य जानकारी तथा महत्व यस प्रकार रहेको छ ।
१. माटोको संरचना soil texture
माटो संरचना भन्नाले माटोमा बालुवासिल्ट र लेसाइले माटो (क्ले)को सापेक्षिक अनुपात भन्ने बुझिन्छ । यो अनुपातबाट माटोमा कति बालुवा कति सिल्ट र कति लेसाइलो माटो रहेछ भन्ने थाहा पाउन सकिन्छ । जुन माटोमा लेसाइले माटोको मात्रा बढी छ त्यो माटो बढी उर्वर हुन्छ । त्यस्तो माटो धान खेतीका लागी सबैभन्दा राम्रो मानिन्छ । यस्तो किसिमको माटोको जलधारण क्षमता पनि बढी रहन्छ त्यसैले बनस्पतिलार्ई चाहिने आवश्यक चिस्सान लामो समय सम्म प्रदान गर्न सक्छ ।
भने जुन माटोमा बालुवाको मात्रा बढी भएको हुन्छ उक्त माटोको उर्वरा कम हुन्छ । जसको जलधारण क्षमता पनि कम हुन्छयसमा भएको पानी छोटो समयमै हराएर जान्छ ।
२. माटोको अम्लीय पन (soil pH)
माटोको अम्लीयपन क्यालसियमम्याग्नेसियम जस्ता तत्वहरुको कमी तथा फलामआल्मुनियम तस्ता तत्वहरुको उपस्थितिको कारणले गर्दा हुने गर्दछ । माटोको अम्लीयपन पि.यच. स्केलमा नापिन्छ । पि.यच. ५.५ देखि ७.० सम्म भएको माटोमा पोषण तत्वहरुको उपलब्धता बढी रहन्छ । त्यस्तो खालको माटोमा बढी उत्पादन हुने गर्दछ । अव्यवस्थित रासायनिक मलको प्रयोगअम्लीय बर्षा अतिवृष्टी जस्ता कारणले माटो ज्यादा अम्लीय हुने गर्दछ । तर ज्यादा अम्लीयपन हुनु भनेको माटोको रुखोपनामा पनि वृद्धि आउछ । त्यसैले माटोको अम्लीयपनलाई स्थीर राख्नुपर्छ जसका लागी ज्यादा अम्लीय माटोमा कृषि चुनको प्रयोग गरी अम्लीय पन कम गर्न सकिन्छ । साथै रसायनिक मलको सट्टा जैविक मलहरु प्रयोग गर्नुपर्दछ ।
३. जैविक कार्बन
माटोमा भएको जैविक वस्तुहरुको मात्रा नै जैविक पदार्थ होती जैविक तत्वहरुमा पाइने कार्बन तत्वलाई जैविक कार्बन भनिन्छ । जुन माटो जैविक पदार्थमा धनि छ त्यो माटो अति हलुकाकालोमोलिलो अनि अति नै उर्वर हुन्छ । यो माटो सबैभन्दा रासायनिक रुपमा सक्रिय अनुपात हो । यसले माटोको बनाबट राम्रो कायम राख्दछ । साथै यसले माटोको अम्लीयपनलाई स्थीर कायम राख्न मद्दत गर्दछ । माटोमा जैविक कार्बनको मात्रा सन्तुलन राख्नका लागी नियमित रुपमा प्राङ्गारिक मलको प्रयोग गर्दै जानुपर्छ ।
४. उपलब्ध नाइट्रोजन
नाइट्रोजन विरुवाको वृद्धि हुन चाहिने अत्यावश्यक तत्व हो । यसको कमीले बिरुवा नबढ्ने,पातहरु पहेंलिदै जाने समस्या हुन्छ तथा विरुवामा प्रोटिन तथा क्लोरोफिलको विकाश रोकिन्छ
५. उपलब्ध फस्फोरस
जराहरुको प्रारम्भिक विकासका लागि फस्फोरसको आवस्यकता पर्दछ । यसले विरुवाको छिटो छिटो वृद्धि गर्न तथा विरुवालाई छिट्टै वयस्क बनाउन मद्धत गर्छफुल फुल्न तथा फल लाग्न यसको उल्लेख्य मात्रामा आवस्यकता पर्दछ । फस्फोरसको कमीले विरुवा ढिलो हुर्किने तथा फल नलाग्ने समस्या हुन्छ
६. उपलब्ध पोटास
विरुवामा कार्बोहाईड्रेड र प्रोटिन बन्नका लागी पोटासको आवस्यकता पर्दछ । प्रकाश सश्लेषण प्रक्रियामा लागी पनि यसको महत्वपूर्ण भुमिका हुने गर्दछ । पोटासले स्टार्चचिनी र तेलजन्य वस्तुहरु विरुवाको कोषहरूसम्म पुर्याउन मद्धत गर्दछ । साथै विरुवाको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गराउँने काम पनि पोटासले गर्दछ । पोटासको अभाव हुँदा पातहरुमा छिटा छिटा देखिनेविभिन्न रेखाहरु देखिने तथा पातहरु घुंग्रिने समस्या हुन्छ ।
अन्तमा
            अस्वस्थ र गुणस्तरहीन माटोका कारण कृषि उत्पादनमा ह्रास  आउने जसले गर्दा महेनत लगानी खेर जानुका साथै खाद्य वस्तु अभाव हुने समस्या हुन्छ । त्यसैले कृषि उत्पादन बढाउन माटोको व्यवस्थापन जरुरी हुन्छ । माटो नियमित रुपमा परिक्षण गरि यसमा भएका कमिहरुलाई वैज्ञानिक तवरले व्यवस्थापन गरेमा निश्चयनै कृषि उत्पादन बढ्नुका साथै माटो पनि स्वस्थ रहन्छ ।

सन्दर्भ सामग्री
1. The Nature and Properties of Soils N.C. Brady Tenth Edition

                             ->झ्याउरे लय
बिदेशी दाजु फर्केर आउ यो जन्मभूमीमा
आमाले देको सगुन खाउ यो जन्मभूमीमा
त्यो चर्को घाम नखेप अब खाडी मुलुकमा
बाबाले देको बस्त्र लगाउ यो जन्मभूमीमा
टोकसो सहि रहन्छौ कति रगत सुकाइ
समाउ आउ बुद्धको पाउ यो जन्मभूमीमा
फर्केर आउ जुहार फल्छ नेपाली माटोमा
बसेर यहि पसिना बगाउ यो जन्मभूमीमा
बिरामी आमा घरमा एक्लै बस्दिहुन् कसरी
घरमा आइ बाआमा सघाउ यो जन्मभूमीमा
वारी र पारी दु:ख छ भारी नगरी भाछैन
पोलेछ मन दुखेछ घाउ यो जन्मभूमीमा ।
               -अभिषेक बुढाथोकी,ओखलढुङ्गा 

Author Name

{picture#YOUR_PROFILE_PICTURE_URL} YOUR_PROFILE_DESCRIPTION {facebook#YOUR_SOCIAL_PROFILE_URL} {twitter#YOUR_SOCIAL_PROFILE_URL} {google#YOUR_SOCIAL_PROFILE_URL} {pinterest#YOUR_SOCIAL_PROFILE_URL} {youtube#YOUR_SOCIAL_PROFILE_URL} {instagram#YOUR_SOCIAL_PROFILE_URL}
manualslide

Contact Form

Name

Email *

Message *

Powered by Blogger.