2018

अङ्कुरण – बर्ष २०७४


कृति: अङ्कुरण – वर्ष २०७४ 
प्रकाशक : इन्जिनियरिङ साहित्यिक समाज, पूर्वाञ्चल क्याम्पस, धरान (इ.सा.स–धरान)

अंक: १
वर्ष: प्रथम (२०७४)
संस्करण : प्रथम २०७४
ISSN : 2565-5221 
मूल्य : रु १२० ।– (बिद्यार्थीका लागी)
रु १५० ।– (अन्यका लागी)

लेआउट : इ.सा.स.–धरान
मुन्द्रण : PGS Graphics
सर्वाधिकार: © लेखकहरुमा
आवरण डिजाइन तथा फोटोग्राफी: मिथुन कुवँर
विज्ञापन डिजाइन : बैकुण्ठ आचार्य, मिथुन कुवँर
इमेल: info@esas.org.np
फेसबुक: fb.me/esasdharan
वेवसाइट: http://esas.org.np


छापा पुस्तकको लागी सम्पर्क
इमेल: info@esas.org.np
फेसबुक: fb.me/esasdharan

निशुल्क इ-बुक को लागी 
Download Ankuran-barsa_2074

कृति: अब्कुरण – बर्ष २०७४ प्रकाशक : इन्जिनियरिब साहित्यिक समाज, पूर्वाञ्चल क्याम्पस, धरान (इ.सा.स–धरान)  अंक: १ वर्ष: प्रथम (२०७४) संस्करण : प्रथम २०७४ ISSN : 2565-5221  मूल्य : रु १२० ।– (बिद्यार्थीका लागी) रु १५० ।– (अन्यका लागी)  लेआउट : इ.सा.स.–धरान मुन्द्रण : PGS Graphics सर्वाधिकार: © लेखकहरुमा आवरण डिजाइन तथा फोटोग्राफी: मिथुन कुवँर विज्ञापन डिजाइन : बैकुण्ठ आचार्य, मिथुन कुवँर इमेल: info@esas.org.np फेसबुक: fb.me/esasdharan वेवसाइट: http://esas.org.np   छापा पुस्तकको लागी सम्पर्क इमेल: info@esas.org.np फेसबुक: fb.me/esasdharan  निशुल्क इ-बुक को लागी  Download Ankuran-barsa_2074साहित्य–सङ्गीत–कला–विहीन  		साक्षात् पशुःपुच्छ–विषाण–हीन ।   अर्थात्, साहित्य सङ्गीत, कलाविहीन मानिस सिङ र पुच्छर नभएको साक्षात् पशु नै हो ।    केही नयाँ, केही फरक, छुट्टै उमंग, छुट्टै अनुभव । एकातिर काँधमा आएको अङ्कुरणको भारी, अर्कोतिर एकलकाँटे अध्ययनको बोझ, कहिले उच्चाट लाग्दो गर्मी त कहिले झरी परेको रात, त्यसमाथि निन्द्रालाई थाती राख्दै दिनरात नभनीकन अङ्कुरणलाई जन्म दिन गरिएको भगीरथ प्रयत्न निकै नै सराहनीय छ ।  झन् प्राविधिक क्षेत्रमा पाइला चाल्दै गरेका विद्यार्थीहरूले साहित्यसँगको सेतु बन्न खोज्नु आफैँमा प्रशंसनीय छँदै छ ।    यो अङ्कसम्म आइपुग्दा यसले तय गरेको यात्रा कतिपय ठाउँमा कष्टसाध्य भयो होला, अनि कतिपय ठाउँमा रोमाञ्चक पनि । हुन पनि हो, एउटा पुस्तक प्रकाशन गर्नु टापटिपे कुरा पक्कै होइन । इन्जिनियरिङका बिद्यार्थीहरूको साहित्यप्रतिको लगाव, जोश, जाँगर, परिश्रमको कदर गर्नैपर्छ । जस्तोसुकै हुरिबतास र मुसलधारे पानी आएर यात्रामा पूर्णविराम लगाउन खोजे पनि रत्तिभर विचलित नभई अन्ततः पुस्तकलाई यस रूपमा प्रस्तुत गरेर सन्तोषको सास फेर्दै गर्दा अङ्कुरण टोली साँच्चिकै गौरवान्वित महसुस गरिरहेको छ ।   करिव एक दशक अघि देखि प्रकाशन हुन थालेको ‘अङ्कुरण’ बीचको केही समय थाती रहे पनि सबै बाधाअड्चनलाई चिर्दै यसै वर्षदेखि फेरि अङ्कुरण भई ‘अङ्कुरण– वर्ष २०७४’ निकाल्न सफल भएकोमा इन्जिनियरिङ साहित्यक समाजलाई बधाई नदिइरहन सकिन्न । साथै आगामी दिनमा पनि प्रकाशनलाई निरन्तरता दिइराख्ने उहाँहरूको बाचाले सबैलाई गद्गद् बनाएको छ ।   अङ्कुरण त्यो आभा हो जसले हरेक तामसलाई सद्भाव र उन्नतिमा बदल्ने जमर्को राख्दछ । यो हरेकका मगजको आलेख हो, जसले अन्तःकरणका अलिखित भावलाई उजागर गरिदिनसक्छ ।  यो त समयको ध्वनि हो जसले मौन चित्तहृदयलाई प्रतिध्वनित गर्न सक्छ ।  अङ्कुरण प्राविधिक विद्यार्थीहरूको अप्राविधिकि ज्ञानमाला पनि हो। सुदूरपश्चिमका दूरदराजदेखि सुदूरपूर्वका तन्नमबस्ती सम्मका विचारहरूलाई एकै पुस्तकमा समाविष्ट गर्ने प्रयास गरिएको छ ।   अङ्कुरणलाई हाम्रो बर्कतले भ्याएसम्म त्रुटिरहित बनाउने अधिकतम प्रयास गरेका छौँ । अपितु छिटपुट रहन गएका त्रुटिलाई सच्याएर पढिदिनहुन विनम्र अनुरोध गर्दछौँ ।   अन्तमा, रोचक, सरल एवं सरसपूर्ण अङ्कुरण हरेक पाठकको पठनीय बनोस्, सबैको मस्तिष्कमा ताजगी छर्न एवं ओठमा मुस्कान भर्न सफल होस् भन्ने कामना गर्दछौँ । बाँकी त पाठकहरू कै हातमा।  शुभमस्तु

सम्पादकीयः 

  साहित्य–सङ्गीत–कला–विहीन 
साक्षात् पशुःपुच्छ–विषाण–हीन । 
 अर्थात्, साहित्य सङ्गीत, कलाविहीन मानिस सिङ र पुच्छर नभएको साक्षात् पशु नै हो । 
  केही नयाँ, केही फरक, छुट्टै उमंग, छुट्टै अनुभव । एकातिर काँधमा आएको अङ्कुरणको भारी, अर्कोतिर एकलकाँटे अध्ययनको बोझ, कहिले उच्चाट लाग्दो गर्मी त कहिले झरी परेको रात, त्यसमाथि निन्द्रालाई थाती राख्दै दिनरात नभनीकन अङ्कुरणलाई जन्म दिन गरिएको भगीरथ प्रयत्न निकै नै सराहनीय छ ।  झन् प्राविधिक क्षेत्रमा पाइला चाल्दै गरेका विद्यार्थीहरूले साहित्यसँगको सेतु बन्न खोज्नु आफैँमा प्रशंसनीय छँदै छ ।   
यो अङ्कसम्म आइपुग्दा यसले तय गरेको यात्रा कतिपय ठाउँमा कष्टसाध्य भयो होला, अनि कतिपय ठाउँमा रोमाञ्चक पनि । हुन पनि हो, एउटा पुस्तक प्रकाशन गर्नु टापटिपे कुरा पक्कै होइन । इन्जिनियरिङका बिद्यार्थीहरूको साहित्यप्रतिको लगाव, जोश, जाँगर, परिश्रमको कदर गर्नैपर्छ । जस्तोसुकै हुरिबतास र मुसलधारे पानी आएर यात्रामा पूर्णविराम लगाउन खोजे पनि रत्तिभर विचलित नभई अन्ततः पुस्तकलाई यस रूपमा प्रस्तुत गरेर सन्तोषको सास फेर्दै गर्दा अङ्कुरण टोली साँच्चिकै गौरवान्वित महसुस गरिरहेको छ ।  
करिव एक दशक अघि देखि प्रकाशन हुन थालेको ‘अङ्कुरण’ बीचको केही समय थाती रहे पनि सबै बाधाअड्चनलाई चिर्दै यसै वर्षदेखि फेरि अङ्कुरण भई ‘अङ्कुरण– वर्ष २०७४’ निकाल्न सफल भएकोमा इन्जिनियरिङ साहित्यक समाजलाई बधाई नदिइरहन सकिन्न । साथै आगामी दिनमा पनि प्रकाशनलाई निरन्तरता दिइराख्ने उहाँहरूको बाचाले सबैलाई गद्गद् बनाएको छ ।  
अङ्कुरण त्यो आभा हो जसले हरेक तामसलाई सद्भाव र उन्नतिमा बदल्ने जमर्को राख्दछ । यो हरेकका मगजको आलेख हो, जसले अन्तःकरणका अलिखित भावलाई उजागर गरिदिनसक्छ ।  यो त समयको ध्वनि हो जसले मौन चित्तहृदयलाई प्रतिध्वनित गर्न सक्छ । 
अङ्कुरण प्राविधिक विद्यार्थीहरूको अप्राविधिकि ज्ञानमाला पनि हो। सुदूरपश्चिमका दूरदराजदेखि सुदूरपूर्वका तन्नमबस्ती सम्मका विचारहरूलाई एकै पुस्तकमा समाविष्ट गर्ने प्रयास गरिएको छ ।  
अङ्कुरणलाई हाम्रो बर्कतले भ्याएसम्म त्रुटिरहित बनाउने अधिकतम प्रयास गरेका छौँ । अपितु छिटपुट रहन गएका त्रुटिलाई सच्याएर पढिदिनहुन विनम्र अनुरोध गर्दछौँ ।  
अन्तमा, रोचक, सरल एवं सरसपूर्ण अङ्कुरण हरेक पाठकको पठनीय बनोस्, सबैको मस्तिष्कमा ताजगी छर्न एवं ओठमा मुस्कान भर्न सफल होस् भन्ने कामना गर्दछौँ । बाँकी त पाठकहरू कै हातमा। 
शुभमस्तु !
  

अंकुरण प्रकाशन समिति

सम्पादक मण्डल
–डा. नवीन भट्ट
–इ. सुनिल रखाल
–सुरेश सुवेदी
संयोजक
– पदम प्रसाद पौडेल
बजार प्रतिनिधि/विज्ञापन संकलक
–दिलिप पाण्डे (संयोजक)
–मिथुन कुवँर (डिजाइनर)
–अर्जुन खड्का
लेख रचना संकलक
–कमल ज्ञवाली (संयोजक)
–सकुशल रेग्मी
–अभिषेक बुढाथोकी

इ.सा.स.–धरान कार्यसमिति

सल्लाहकारहरुः
–सुरेश भण्डारी
–दिलिप पाण्डे
–साजन कोइराला
अध्यक्षः पदम प्रसाद पौडेल
उपाध्यक्ष: कमल ज्ञवाली
सचिवः मिथुन कुवँर
सहसचिव: सकुशल रेग्मी
कोषध्यक्ष: अभिषेक बुढाथोकी
प्राविधिक: प्रदिप दाहा
बिशिष्ट सदस्यहरुः
–सुमित अर्याल
–रञ्जु पौडेल
–अनुप पौडेल
– आशुतोष पौडेल
–राजेश रिजाल

इन्जिनियरिङ साहित्यिक समाज परिवार: अध्यक्षः पदम प्रसाद पौडेल उपाध्यक्ष: कमल ज्ञवाली सचिवः मिथुन कुवँर सहसचिव: सकुशल रेग्मी कोषध्यक्ष: अभिषेक बुढाथोकी प्राविधिक: प्रदिप दाहाल बिशिष्ट सदस्यहरुः 	–सुमित अर्याल 	–रञ्जु पौडेल 	–अनुप पौडेल 	– आशुतोष पौडेल 	–राजेश रिजाल


प्रकाशकीयः अङ्कुरण प्रकाशन सम्बन्धमा

अङ्कुरण एउटा बार्षिक साहित्यिक प्रकाशन हो । यसलाई अब इन्जिनियरिङ साहित्यिक समाजद्वारा नियमित प्रकाशनको रुपमा अगाडी बढाउने प्रयास हुदैँछ । यस पुस्तक(पत्रिका)मा विभिन्न साहित्यिक कुराहरु, लेख रचनाहरु साथमा जीवन उपयोगी अति ज्ञानवद्धक र प्राविधिक कुराहरु प्रकाशित गरेका छौँ । पूर्वाञ्चल क्याम्पसमा यस इ.सा.स.–धरान स्थापना हुनु भन्दा करिब दश बर्ष पहिलेबाट अङ्कुरण प्रकाशन समितिले द्विमासिक रुपमा अङ्कुरण प्रकाशन गर्दथ्यो । विभिन्न समस्याले गर्दा त्यो प्रकाशन पद्धती चार बर्ष पछि बन्द हुन पुग्यो । अहिले आएर यस इन्जिनियरिङ साहित्यिक समाजले त्यस प्रकाशनलाई पुन नयाँ अङ्कुर दिने काम गरेका छौँ र यसलाई बार्षिक पुस्तक (पत्रिका)को रुपमा व्यवस्थित गरेर प्रकाशन गर्ने गरि यो बर्ष अङ्कुरण – बर्ष २०७४ प्रकाशन गर्न सफल भयौँ । यस पुस्तकले विभिन्न किसिमका विषयबस्तु समेटेर ज्ञानबद्धक साहित्यिक तथा प्राविधिक कुराहरु प्रकाशित गर्ने भएकाले नै हुनसक्छ अङ्कुरण प्रति पुराना पाठकहरुको बिशेष रुचि रहेको र प्रकाशन निरन्तरता गर्न माग गरेको हामीले पायौँ । त्यसैले यो बर्ष झन उत्कृष्ट बनाएर धेरै भन्दा धेरै पाठकहरु माझ पुर्याउने सोचका साथ अङ्कुरण – बर्ष २०७४ प्रकाशन गरेका छौँ ।
विद्यार्थी जीवनमा आफ्नो पढाइको साथसाथमा रचनात्मक कामहरु गर्दै एउटा पुस्तक प्रकाशन गर्नु सानो कुरा होइन । हामी यही पुस्तकको प्रकाशनका लागी भनेर एउटा समिति अङ्कुरण प्रकाशन समिति निमार्ण ग¥यौ, जुन समितिका सदस्यहरु माझ कामको विभाजन गरि आफ्नो आफ्नो क्षेत्रमा खटेर काम ग¥यौ । हामीहरु खासगरी काठमाडौँ, धरान, इटहरी, विराटनगरमा ठाउँ तथा कामको बाडँफाड गरी केही दिन अथक रुपमा खट्याँै । त्यसको साथसाथमा हामीले इन्टरनेट, सामाजिक सञ्जालबाट पनि प्रचारप्रचार ग¥यौ । त्यसैले उत्कृष्ट भन्दा उत्कृष्ट लेखरचनाहरु, पर्याप्त विज्ञापन तथा शुभकामना सन्देशहरु जम्मा पार्न सफल भयौ । अन्ततः हामीले अङ्कुरण–बर्ष २०७४ प्रकाशन गर्न सफल भयौँ । 
हामीले नेपालका विभिन्न ठाउँ तथा विदेशमा रहनुभएका नेपालीहरुले पठाउनु भएका लेख रचनाहरु जम्मा पारेका थियौँ । तिनी रचनाहरु दिइएको रचनाको निर्देशिका अनुसार भएपछि हामीले सम्पादन मण्डलमा पेस गरेका थियौँ । सम्पादन मण्डलबाट सम्पादन भइ पारित भएका रचनाहरुलाई मात्र हामीले प्रकाशन गरेका छौ । ती रचनाहरुबाट थप केही विवादास्पद परिस्थिति सिर्जना भएमा लेखकहरु नै स्वयम् जिम्मेवार हुनुपर्नेछ । साथै हाम्रो फेसबुक समूहमा साहित्यिक मनहरुले पोस्ट गर्नुभएका रचनाहरु मध्ये केही उत्कृष्ट रचनाहरुलाई पनि हामी प्रकाशन गरेका छौ । ती रचनाहरुलाई ‘समूह भित्र’ भन्ने वर्गमा राखिएको छ । त्यस्तै हाम्रो आधिकारिक फेसबुक 
हामीले विज्ञापन तथा शुभकामनाहरु जम्मा पार्दा गरिएको आपसी समझदारी अनुरुप नै हामीले प्रकाशन गरेका छौ । यदि त्यसमा केही गल्ती भएको भए माफी माग्न चाहन्छौँ । साथै पूर्व समझदारी अनुसार सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ । हामीले विज्ञापन तथा शुभकामनाका लागी सुचना पु¥याउनु पर्ने आवश्यक स्थानमा प्रस्तावना पत्र, चिठी पत्र तथा सुचना समाचार पठाएकै थियौँ र पछि पनि समय समयमा सम्पर्क तथा भेटघाट गरेकै थियौ । त्यसैले कसैले पनि मेरो शुभकामना, मन्तव्य, नाम छुटेछ भनेर चित्त नदुखाउनुहोला ।
कुनै एउटा महत्वपूर्ण क्षणको पछि सम्म सम्झना हुने खालको तस्वीर खिचाउन तथा प्रकाशन गर्नका लागी हामीले सम्पूर्ण कक्षा प्रतिनिधि तथा विभागीय प्रमुखहरुलाई समयमै पत्र पठाएका थियौ साथै पहल गरेका थियौ । सोहि अनुसार तस्वीर खिच्न सम्भव भएका कक्षा तथा विभागहरुको तस्वीर मात्र प्रकाशन गरिएको छ । सबैको तस्वीरहरु समेट्न नपाएकोमा हामीहरु पनि दुःखी छौँ ।
यस पुस्तकमा हामीले विभिन्न कुराहरुमा जनमतहरु पनि प्रकाशन गरेका छौ । ती हरेक जनमतहरु इ.सा.स–धरान को आधिकारिक फेसबुक समूहमा लिइएको थियो । करिब १,२५० सदस्यहरु रहेको उक्त समूहमा यस पूर्वाञ्चल क्याम्पस धरानका विद्याथीहरु, पूर्वबिद्यार्थीहरु र कर्मचारीहरु मात्र छन् । क्याम्पसको एक अति सक्रिय समुहको रुपमा उक्त समूह रहेकाले त्यसै समूह मार्फत जनमतहरु लिइएको थियो ।
यस पुस्तकमा समेटिएका बिषयवस्तुहरु, पाठ्य अंश तथा कुनै भागलाई प्रकाशक तथा लेखकको अनुमति विना कुनै पनि प्रकारले पुनरुत्पादित गर्न पाइने छैन् । कुनै रचना, विज्ञापन तथा अन्य कुनै प्रकाशकीय कुराहरुमा कुनै दाबी बिरोध गर्नु परे पनि हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । 
यो पुस्तक प्रकाशन गर्ने कार्य हामी एक्लैको मात्र प्रयासले सम्भव नभइ तपाइहरुहरु जस्तो पाठक, शुभचिन्तक, अभिभावक, सहयोगीहरु, सल्लाहकारहरुको ठुलो हात रहेको छ । हामीलाई पुस्तक प्रकाशन गर्न उस्काउने तथा तपाइहरु जस्तो हाम्रो अङ्कुरणलाई माया गरेर पढ्दै गर्नु भएको पाठकहरु, हामीलाई माया गरेर सधै साथ दिइराख्ने, हाम्रा विभिन्न कार्यक्रमहरुमा साथ सहयोग तथा सहभागीता जनाइराख्ने, रचनाहरु लेखेर पठाउने लेखकहरु तथा हाम्रो सधै भलो चिताउने शुभचिन्तकहरु, अभिभावकहरु सबै धन्यावादका पात्र हुनुहुन्छ । यसै गरि हाम्रो विभिन्न कार्य क्रियाकलापहरुमा विभिन्न सहयोग पुर्याइरहनु भएका विज्ञापनदाता, चन्दादाता तथा सहयोगी हातहरुलाई पनि हामीले बिर्सन सक्दैनौ । साथै हामीलाई विभिन्न कुराहरुमा सर–सल्लाह दिनुहुने सल्लाहकार र निरन्तर एकएक लेख रचना केलाएर काटँछाटँ गरेर सम्पादन गरेर सहयोग पुर्याउनु भएका सम्पादक मण्डलहरु र सम्मूर्ण यस अङ्कुरण प्रकाशन समितिका सदस्यहरु तथा इ.सा.स–धरानका सदस्यहरु सबैको साथ सहयोगबाट मात्र अङ्कुरण – बर्ष २०७४ प्रकाशन गर्न सफल भयौ । यहाँहरु सम्पूर्णलाई हृदयदेखि नै स–धन्यावाद व्यक्त गर्न चाहन्छाँै । साथै आगामी दिनमा पनि यस प्रकाशनको निरन्तरताको लागीे ठुलो हात हजुरहरुमा रहेको छ । हामीहरु तपाईहरुको सल्लाह, सुझाव, साथ सहयोगको प्रतिक्षामा रहेका छौ । यो पुस्तक पढिसकेपछि हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला । आशा छ, तपाईहरुको सल्लाह, सुझाव, साथ सहयोग तथा न्यानो माया दिइराख्नुहुनेछ र त हामी यो प्रकाशनलाई निरन्तरता दिनेछौँ । 

पदम प्रसाद पौडेल
संयोजक, अङ्कुरण प्रकाशन समिति
इन्जिनियरिङ साहित्यिक समाज
पूर्वाञ्चल क्याम्पस, धरान


बिषयसूची 

क्र.स

बिषयबस्तु

पेज नम्बर

१.

इ.सा.स. को विगत

२.

इन्जिनियरिङमा साहित्य किन?

३.

नेपालमा इन्जिनियरिङ अध्ययनको अवस्था

साहित्यिक लेख रचनाहरु

४.

कविताहरु

१०–३१

५.

गजलहरु

३२–४२

६.

हाइकुहरु

४२

७.

मुक्तकहरु

४३–४४

८.

कथाहरु

 

 

मेरो कथा

४५

 

आशाको त्यान्द्रो

४६

 

आख्यानः रुम नं १११

४८

 

केवल प्रेम जस्तै

५०

 

अल्बिदा

५२

 

माथी त अझै माथी सरेछ ।

५३

९.

लघुकथाहरु

 

 

कस्लाई नि नानी ?

५४

 

मातृभूमिप्रतिको समपर्ण

५४

१०.

साहित्य उत्सवमा नेपाली सहभागीलाई प्रश्नः ‘तपाईं अफगानिस्तानबाट हो ?’

५५

११.

प्रेम पत्रहरु

५८

 

प्रेम पत्र प्रतियोगिता–२०७२’ का उत्कृष्ट प्रेमपत्रहरु

५८–६१

 

प्रेम पत्र प्रतियोगिता–२०७३’ का उत्कृष्ट प्रेमपत्रहरु

६२–६८

१२.

अन्तवार्ता–स्व.वि.यु. सभापति सगँको अन्तर्वाता

६९

ज्ञानवद्धक लेख रचनाहरु

१३.

मनुष्य जन्मको अर्थ

७०

१४.

मन के हो ?

७२

१५.

जीवनमा सफल कसरी हुन सकिन्छ ?

७४

 प्राविधिक लेख रचनाहरु

१६.

माटो बिनाको खेती

७५

१७.

Search engine breakdown

७६

१८.

Aeronautics

७९

१९.

Blue Core Technology

८१

२०

DTS-i Technology

८२

२१.

How I.C. engine works?

८४

२२.

Impact of Technology on Information Pollution

८५

२३.

83,000 MW or at least 52000 MW: Every Engineer's Dream

८६

२४.

Farm Mechanization in Nepal

८७

२५.

कम्प्युटर रिफ्रेस सम्बन्धि जानकारी

८८

२६.

अड्रिनो

८८

२७.

माटोको स्वास्थ्य तथा विशिष्ट गुण थाहा पाउन माटो परिक्षण

९१

२८.

गर्मिमा शितलता/चिसोपना र चिसो पानी बनाउने सरल तरिकाहरु

९३

२९

महत्वपुर्ण संरचनामा स्टिलको भूमिका

९५

अनुसन्धानमूलक लेख रचना

३०

Validation of Hill slope run off by Kinematic Storage Model (KSM)

९६


बिषय सूची

इन्जिनियरिङमा साहित्य किन? by Padam Prasad Paudel

इन्जिनियरिङमा साहित्य किन?

– पदम प्रसाद पौडेल (पूर्व अध्यक्ष, इ.सा.स.–धरान )

इन्जिनियरिङ पढ्दै गरेको एक विद्यार्थी साहित्यिक क्षेत्रतिर कत्तिको रुचि राख्छ भनेर आम जनसमाजले के सोच्छ होला? पक्कै पनि धेरैले यो सोच्नुहुदो रहेछ की, ‘त्यहाँका विद्यार्थीहरु प्रबिधिसँग खेल्छन् उनीहरु प्रबिधि भन्दा बाहिरको कुरामा त्यति चासो दिदैनन् र साहित्यमा पनि खासै रुचि राख्दैनन् ।’ यही अङ्कुरण प्रकाशनका सन्दर्भमा विभिन्न ठाउँहरुमा जादाँ उनीहरुको सोचाइ विपरित हामीहरुलाई भेट्दा उनीहरुले गर्ने प्रश्न हुन्थ्यो, ‘इन्जिनियरिङमा साहित्य किन?’ 

हामी जन्मिए पछि हुर्कदै गर्दा देखि नै हामीलाई साहित्य सिकाइएको थियो, कहिले सुताउन त कहिले फकाउनका लागी आमा तथा दिदीहरुले सुनाउने बालगीत, बालकविता साथै बाबाले सुनाउने रोचक ज्ञानवद्धक बालकथाहरु, दन्त्यकथाहरु बाट नै हामीलाई साहित्य सिकाउन थालिएको थियो । त्यस्तै आफ्नो रहनसहन, रीतिरिवाज, संस्कृति, ठाउँ अनुसार बेलाबखतमा गाइने मौलिक लोक गीत, संस्कृतिहरु जस्तै देउडा, रोधी, भजन किर्तन, बालन, सङ्गिनी आदीबाट पनि साहित्य क्षेत्रतर्फ बिशेष रुचि बढाउदै गयाौँ । हामीले पढ्न सुरु गर्दा पनि कक्षा एकमा ‘तारा बाँजी लै लै’ बाट सुरु गरेका थियौ । यही तरिकाले हामी साहित्यतर्फ अझ नजिक हुदैँ गयौँ । हामी यस इन्जिनियरिङको कोठामा छिर्नुभन्दा पहिला संघारमा आउदासम्म  हामीलाई साहित्यले साथ दियो, र अब पनि किन बिर्सने साहित्यलाई ? हामीलाई यसरी यहाँसम्म ल्याउने विभिन्न कुराहरु सिकाउने बुझाउने साहित्यलाई हामीले चटक्क नछोडेर साथै लिएर आएका हौ । त्यसैले इन्जिनियरिङमा साहित्य कसरी आयो, भन्ने प्रश्न अब रहेन । 

मानिस एउटा भावनात्मक समाजिक प्राणी हो, सबैको मन हुन्छ र आफ्नो आफ्नो रुची हुन्छ । मन भावनामा बहकिने गर्दछ, भावनामा पग्लिने गर्दछ । कहिले मन भित्रको पीडा, तनावको कारणले बहकिन्छ, त कहिले अतभुत् खुसिका क्षणहरु छचल्किएर बहकिन्छ, भने कहिले अरुको दुःखमा मानवताको हिसाबले सहानुभुति प्रकट गर्दै पग्लिन्छ । यस्तो बेलामा खासगरि मनमा विभिन्न कुराहरु खेल्ने गर्दछन् । तिनीहरुलाई कतैकही पोख्न सकियो भने तथा व्यक्त गर्न सकियो भने मात्र अझ आनन्द प्राप्ती तथा पीडा कम भएको महसुस हुन्छ । कसैले त्यही कुरालाई कसैसगँ भनेर व्यक्त गर्छन्, कसैले गीत गाएर व्यक्त गर्छन् भने कसैले लेखेर व्यक्त गर्छन् । यसरी लेखेर व्यक्त गरीएको कुराबाट नै साहित्य जन्मन्छ, जसलाई सजिलै गाउन तथा पढ्न सकिन्छ । यसरी गाउदा तथा पढ्दा नयाँ छुट्टै कुरा सिकेजस्तो र केही गरौँ गरौँ बनाउने खालको शरीरमा उर्जा जगाइदिएको जस्तो महसुस हुन्छ । हामीहरु देख्न सक्छौ, आजभोलीका यवाहरुको गीतसंगित, चलचित्रहरुमा कत्तिको आकषर्ण छ भन्ने कुरा यसबाट पनि हामीलाई यो कुरा थाहा हुन्छ की उनीहरुलाई साहित्य कत्तिको मन पर्दो रहेछ ? किनकी गीतसंगित, चलचित्रहरुमा पनि साहित्यको ठुलो साथ रहेको हुन्छ । गीतसंगित सुन्दै गर्दा तथा चलचित्र हेर्दै गर्दा त्यसैको तालमा बग्ने गर्छन र अन्त्यमा ताजा/उर्जाशील भएको अनुभुत गर्छन् ।  साहित्यमा भावनात्मक कुराहरु मात्र हुन्छन् भन्ने छैन, यहाँ देशप्रेमका कुरा, समाज सुधारका कुरा, ज्ञानवद्धक, व्यक्तित्व विकास सम्बन्धी कुराहरु एवम् प्राबिधिक कुराहरु समेत समेटिएको हुन्छन् । 

हामी सबैलाई थाहा भएकै कुरा हो, साहित्य समाजको एक अभिन्न अंग हो, समाज विकास र  परिवर्तनको एक महत्वपूर्ण आधार हो ।  साहित्यको विकास, सम्बद्र्धन र उत्थान विना कुनै पनि समाज एक कदम पनि अगाडी बढ्न सक्दैन । साहित्यले समाजमा जरो गाडेर बसिरहेका विभिन्न समस्याहरुलाई जस्ताको त्यस्तै टपक्क टिपेर तिनको समाधान खोजेर ज्ञानगुनका कुरा बाढ्ने गर्दछ ।  त्यसकारण त्यस्ता ज्ञानगुनका कुराहरु जनसमाजमा पुर्याएर समाज सुधार गर्नका लागी मुलत साहित्यको अपरिहार्यता हुन्छ । आखिर मानिस आफ्नो कामको सिलसिलामा समाजमा पुग्नु पर्छ, त्यती बेला साहित्य नभइ हुदैन, साहित्यले उसलाई त्यहाँ बस्न सिकाउछ त्यहाको रहन संस्कृतिसँग घुलमिल हुन सिकाउछ ।  मान्छेलाई आफ्नो व्यक्तित्व विकासका लागी पनि साहित्यको आवश्यकता पर्दछ, जस्तै जीवनका हरेक पाइला पाइलामा सफलता प्राप्त गर्दै अगाडी बढ्न व्यक्ती आफैमा भित्रबाट नै सबल हुनुपर्दछ, त्यस्तो खालको उर्जा प्रदान गर्नमा साहित्यको ठुलो हात रहन्छ । यसकारण साहित्यको सम्बन्ध हरेक मानिसहरुसगँ रहेको छ । समग्रमा साहित्य भनेको व्यक्ति, समाज तथा समग्र देश विकास र परिवर्तनकाएक आधार हो ।

साहित्यले मानिसमा पठन तथा लेखन शैलीको विकास गर्दछ । यस्तो सिर्जनशील रचनात्मक कुराले मानिस तथा समाजमा सकारात्मक परिवर्तन ल्याउछ त्यसैले यसलाई निरन्तरता दिनुपर्दछ अझ विस्तार गनुपर्छ । साहित्यलाई यो स्थानसम्म ल्याइ पुर्याउन अग्रज साहित्यकारहरुको ठुलो त्याग छ तर खास कुरा, अझै पनि साहित्यको प्रचारप्रचार र विकास राम्रोसँग हुन नसक्नाले धेरैलाई साहित्य भन्ने थाहा नहुन सक्छ । अब यो जिम्मेवारी हाम्रो काधँमा छ यसलाई हामीले पुरा गनुपर्छ । 

इन्जिनियरिङका विद्यार्थीहरु पनि मानिस नै हुन्, उनीहरुमा पनि मन हुन्छ, मनमा भावनाहरु खेल्छन्, उनीहरुको मनमा पनि दया र माया हुन्छ । उनीहरु पनि मानवीय संवेदनशिल हुन्छन् अरुको पीडा तथा दुःखमा सहानुभुती प्रकट गर्छन् । इन्जिनियरिङका विद्यार्थीहरु यही समाजबाट हुर्केर गएका हुन्, पछि इन्जिनियर बनेर काम गर्न आउने ठाउँ भनेकै  यही समाज हो, त्यसैले यो समाजको बारेमा धेरै कुरा जान्नुपर्छ, समाजमा घुल्न जान्नुपर्ने हुन्छ । एकएक समस्याहरु केलाउन जान्नु पर्छ र तिनको समाधान दिन सक्नुपर्छ । उनीहरुले पनि आफैले आपूmलाई आफ्नो व्यक्तित्व विकास गरेर एउटा सहि दिशातिर लैजानु पर्छ । यी सम्पूर्ण कुराहरुमा साहित्यले बिशेष सहयोग प्रदान गर्ने गर्दछ । त्यसैले इन्जिनियरहरुलाई पनि साहित्यको महत्व छ । तब मात्र एक इन्जिनियर खास हुनुपर्ने इन्जिनियर कुशल, सामाजिक तथा मानवीय संवेदनशील इन्जिनियर बन्न सक्छ र उसले मात्र समाज सुधार, विकास तथा परिवर्तन गर्नमा बिशेष सहयोग गर्न सक्छ । त्यसैले इन्जिनियरिङमा साहित्य हुनु कुनै नौलो र अनौठो कुरा नभइ एउटा आवश्यकताको बिषय रहेको कुरा यसरी प्रष्ट पार्न सकिन्छ ।


यो अंकुरण वर्ष २०७४ मा प्रकाशित रचना हो । यो लेख प्रकाशन गर्दा लेखक पदम प्रसाद पौडेल, इन्जिनियरिङ साहित्यिक समाजका अध्यक्ष थिए ।


इन्जिनियरिङ पढ्दै गरेको एक विद्यार्थी साहित्यिक क्षेत्रतिर कत्तिको रुचि राख्छ भनेर आम जनसमाजले के सोच्छ होला? पक्कै पनि धेरैले यो सोच्नुहुदो रहेछ की, ‘त्यहाँका विद्यार्थीहरु प्रबिधिसँग खेल्छन् उनीहरु प्रबिधि भन्दा बाहिरको कुरामा त्यति चासो दिदैनन् र साहित्यमा पनि खासै रुचि राख्दैनन् ।’ यही अङ्कुरण प्रकाशनका सन्दर्भमा विभिन्न ठाउँहरुमा जादाँ उनीहरुको सोचाइ विपरित हामीहरुलाई भेट्दा उनीहरुले गर्ने प्रश्न हुन्थ्यो, ‘इन्जिनियरिङमा साहित्य किन?’   हामी जन्मिए पछि हुर्कदै गर्दा देखि नै हामीलाई साहित्य सिकाइएको थियो, कहिले सुताउन त कहिले फकाउनका लागी आमा तथा दिदीहरुले सुनाउने बालगीत, बालकविता साथै बाबाले सुनाउने रोचक ज्ञानवद्धक बालकथाहरु, दन्त्यकथाहरु बाट नै हामीलाई साहित्य सिकाउन थालिएको थियो । त्यस्तै आफ्नो रहनसहन, रीतिरिवाज, संस्कृति, ठाउँ अनुसार बेलाबखतमा गाइने मौलिक लोक गीत, संस्कृतिहरु जस्तै देउडा, रोधी, भजन किर्तन, बालन, सङ्गिनी आदीबाट पनि साहित्य क्षेत्रतर्फ बिशेष रुचि बढाउदै गयाौँ । हामीले पढ्न सुरु गर्दा पनि कक्षा एकमा ‘तारा बाँजी लै लै’ बाट सुरु गरेका थियौ । यही तरिकाले हामी साहित्यतर्फ अझ नजिक हुदैँ गयौँ । हामी यस इन्जिनियरिङको कोठामा छिर्नुभन्दा पहिला संघारमा आउदासम्म  हामीलाई साहित्यले साथ दियो, र अब पनि किन बिर्सने साहित्यलाई ? हामीलाई यसरी यहाँसम्म ल्याउने विभिन्न कुराहरु सिकाउने बुझाउने साहित्यलाई हामीले चटक्क नछोडेर साथै लिएर आएका हौ । त्यसैले इन्जिनियरिङमा साहित्य कसरी आयो, भन्ने प्रश्न अब रहेन ।   मानिस एउटा भावनात्मक समाजिक प्राणी हो, सबैको मन हुन्छ र आफ्नो आफ्नो रुची हुन्छ । मन भावनामा बहकिने गर्दछ, भावनामा पग्लिने गर्दछ । कहिले मन भित्रको पीडा, तनावको कारणले बहकिन्छ, त कहिले अतभुत् खुसिका क्षणहरु छचल्किएर बहकिन्छ, भने कहिले अरुको दुःखमा मानवताको हिसाबले सहानुभुति प्रकट गर्दै पग्लिन्छ । यस्तो बेलामा खासगरि मनमा विभिन्न कुराहरु खेल्ने गर्दछन् । तिनीहरुलाई कतैकही पोख्न सकियो भने तथा व्यक्त गर्न सकियो भने मात्र अझ आनन्द प्राप्ती तथा पीडा कम भएको महसुस हुन्छ । कसैले त्यही कुरालाई कसैसगँ भनेर व्यक्त गर्छन्, कसैले गीत गाएर व्यक्त गर्छन् भने कसैले लेखेर व्यक्त गर्छन् । यसरी लेखेर व्यक्त गरीएको कुराबाट नै साहित्य जन्मन्छ, जसलाई सजिलै गाउन तथा पढ्न सकिन्छ । यसरी गाउदा तथा पढ्दा नयाँ छुट्टै कुरा सिकेजस्तो र केही गरौँ गरौँ बनाउने खालको शरीरमा उर्जा जगाइदिएको जस्तो महसुस हुन्छ । हामीहरु देख्न सक्छौ, आजभोलीका यवाहरुको गीतसंगित, चलचित्रहरुमा कत्तिको आकषर्ण छ भन्ने कुरा यसबाट पनि हामीलाई यो कुरा थाहा हुन्छ की उनीहरुलाई साहित्य कत्तिको मन पर्दो रहेछ ? किनकी गीतसंगित, चलचित्रहरुमा पनि साहित्यको ठुलो साथ रहेको हुन्छ । गीतसंगित सुन्दै गर्दा तथा चलचित्र हेर्दै गर्दा त्यसैको तालमा बग्ने गर्छन र अन्त्यमा ताजा/उर्जाशील भएको अनुभुत गर्छन् ।  साहित्यमा भावनात्मक कुराहरु मात्र हुन्छन् भन्ने छैन, यहाँ देशप्रेमका कुरा, समाज सुधारका कुरा, ज्ञानवद्धक, व्यक्तित्व विकास सम्बन्धी कुराहरु एवम् प्राबिधिक कुराहरु समेत समेटिएको हुन्छन् ।   हामी सबैलाई थाहा भएकै कुरा हो, साहित्य समाजको एक अभिन्न अंग हो, समाज विकास र  परिवर्तनको एक महत्वपूर्ण आधार हो ।  साहित्यको विकास, सम्बद्र्धन र उत्थान विना कुनै पनि समाज एक कदम पनि अगाडी बढ्न सक्दैन । साहित्यले समाजमा जरो गाडेर बसिरहेका विभिन्न समस्याहरुलाई जस्ताको त्यस्तै टपक्क टिपेर तिनको समाधान खोजेर ज्ञानगुनका कुरा बाढ्ने गर्दछ ।  त्यसकारण त्यस्ता ज्ञानगुनका कुराहरु जनसमाजमा पुर्याएर समाज सुधार गर्नका लागी मुलत साहित्यको अपरिहार्यता हुन्छ । आखिर मानिस आफ्नो कामको सिलसिलामा समाजमा पुग्नु पर्छ, त्यती बेला साहित्य नभइ हुदैन, साहित्यले उसलाई त्यहाँ बस्न सिकाउछ त्यहाको रहन संस्कृतिसँग घुलमिल हुन सिकाउछ ।  मान्छेलाई आफ्नो व्यक्तित्व विकासका लागी पनि साहित्यको आवश्यकता पर्दछ, जस्तै जीवनका हरेक पाइला पाइलामा सफलता प्राप्त गर्दै अगाडी बढ्न व्यक्ती आफैमा भित्रबाट नै सबल हुनुपर्दछ, त्यस्तो खालको उर्जा प्रदान गर्नमा साहित्यको ठुलो हात रहन्छ । यसकारण साहित्यको सम्बन्ध हरेक मानिसहरुसगँ रहेको छ । समग्रमा साहित्य भनेको व्यक्ति, समाज तथा समग्र देश विकास र परिवर्तनकाएक आधार हो ।  साहित्यले मानिसमा पठन तथा लेखन शैलीको विकास गर्दछ । यस्तो सिर्जनशील रचनात्मक कुराले मानिस तथा समाजमा सकारात्मक परिवर्तन ल्याउछ त्यसैले यसलाई निरन्तरता दिनुपर्दछ अझ विस्तार गनुपर्छ । साहित्यलाई यो स्थानसम्म ल्याइ पुर्याउन अग्रज साहित्यकारहरुको ठुलो त्याग छ तर खास कुरा, अझै पनि साहित्यको प्रचारप्रचार र विकास राम्रोसँग हुन नसक्नाले धेरैलाई साहित्य भन्ने थाहा नहुन सक्छ । अब यो जिम्मेवारी हाम्रो काधँमा छ यसलाई हामीले पुरा गनुपर्छ ।   इन्जिनियरिङका विद्यार्थीहरु पनि मानिस नै हुन्, उनीहरुमा पनि मन हुन्छ, मनमा भावनाहरु खेल्छन्, उनीहरुको मनमा पनि दया र माया हुन्छ । उनीहरु पनि मानवीय संवेदनशिल हुन्छन् अरुको पीडा तथा दुःखमा सहानुभुती प्रकट गर्छन् । इन्जिनियरिङका विद्यार्थीहरु यही समाजबाट हुर्केर गएका हुन्, पछि इन्जिनियर बनेर काम गर्न आउने ठाउँ भनेकै  यही समाज हो, त्यसैले यो समाजको बारेमा धेरै कुरा जान्नुपर्छ, समाजमा घुल्न जान्नुपर्ने हुन्छ । एकएक समस्याहरु केलाउन जान्नु पर्छ र तिनको समाधान दिन सक्नुपर्छ । उनीहरुले पनि आफैले आपूmलाई आफ्नो व्यक्तित्व विकास गरेर एउटा सहि दिशातिर लैजानु पर्छ । यी सम्पूर्ण कुराहरुमा साहित्यले बिशेष सहयोग प्रदान गर्ने गर्दछ । त्यसैले इन्जिनियरहरुलाई पनि साहित्यको महत्व छ । तब मात्र एक इन्जिनियर खास हुनुपर्ने इन्जिनियर कुशल, सामाजिक तथा मानवीय संवेदनशील इन्जिनियर बन्न सक्छ र उसले मात्र समाज सुधार, विकास तथा परिवर्तन गर्नमा बिशेष सहयोग गर्न सक्छ । त्यसैले इन्जिनियरिङमा साहित्य हुनु कुनै नौलो र अनौठो कुरा नभइ एउटा आवश्यकताको बिषय रहेको कुरा यसरी प्रष्ट पार्न सकिन्छ ।इन्जिनियरिङ पढ्दै गरेको एक विद्यार्थी साहित्यिक क्षेत्रतिर कत्तिको रुचि राख्छ भनेर आम जनसमाजले के सोच्छ होला? पक्कै पनि धेरैले यो सोच्नुहुदो रहेछ की, ‘त्यहाँका विद्यार्थीहरु प्रबिधिसँग खेल्छन् उनीहरु प्रबिधि भन्दा बाहिरको कुरामा त्यति चासो दिदैनन् र साहित्यमा पनि खासै रुचि राख्दैनन् ।’ यही अङ्कुरण प्रकाशनका सन्दर्भमा विभिन्न ठाउँहरुमा जादाँ उनीहरुको सोचाइ विपरित हामीहरुलाई भेट्दा उनीहरुले गर्ने प्रश्न हुन्थ्यो, ‘इन्जिनियरिङमा साहित्य किन?’   हामी जन्मिए पछि हुर्कदै गर्दा देखि नै हामीलाई साहित्य सिकाइएको थियो, कहिले सुताउन त कहिले फकाउनका लागी आमा तथा दिदीहरुले सुनाउने बालगीत, बालकविता साथै बाबाले सुनाउने रोचक ज्ञानवद्धक बालकथाहरु, दन्त्यकथाहरु बाट नै हामीलाई साहित्य सिकाउन थालिएको थियो । त्यस्तै आफ्नो रहनसहन, रीतिरिवाज, संस्कृति, ठाउँ अनुसार बेलाबखतमा गाइने मौलिक लोक गीत, संस्कृतिहरु जस्तै देउडा, रोधी, भजन किर्तन, बालन, सङ्गिनी आदीबाट पनि साहित्य क्षेत्रतर्फ बिशेष रुचि बढाउदै गयाौँ । हामीले पढ्न सुरु गर्दा पनि कक्षा एकमा ‘तारा बाँजी लै लै’ बाट सुरु गरेका थियौ । यही तरिकाले हामी साहित्यतर्फ अझ नजिक हुदैँ गयौँ । हामी यस इन्जिनियरिङको कोठामा छिर्नुभन्दा पहिला संघारमा आउदासम्म  हामीलाई साहित्यले साथ दियो, र अब पनि किन बिर्सने साहित्यलाई ? हामीलाई यसरी यहाँसम्म ल्याउने विभिन्न कुराहरु सिकाउने बुझाउने साहित्यलाई हामीले चटक्क नछोडेर साथै लिएर आएका हौ । त्यसैले इन्जिनियरिङमा साहित्य कसरी आयो, भन्ने प्रश्न अब रहेन ।   मानिस एउटा भावनात्मक समाजिक प्राणी हो, सबैको मन हुन्छ र आफ्नो आफ्नो रुची हुन्छ । मन भावनामा बहकिने गर्दछ, भावनामा पग्लिने गर्दछ । कहिले मन भित्रको पीडा, तनावको कारणले बहकिन्छ, त कहिले अतभुत् खुसिका क्षणहरु छचल्किएर बहकिन्छ, भने कहिले अरुको दुःखमा मानवताको हिसाबले सहानुभुति प्रकट गर्दै पग्लिन्छ । यस्तो बेलामा खासगरि मनमा विभिन्न कुराहरु खेल्ने गर्दछन् । तिनीहरुलाई कतैकही पोख्न सकियो भने तथा व्यक्त गर्न सकियो भने मात्र अझ आनन्द प्राप्ती तथा पीडा कम भएको महसुस हुन्छ । कसैले त्यही कुरालाई कसैसगँ भनेर व्यक्त गर्छन्, कसैले गीत गाएर व्यक्त गर्छन् भने कसैले लेखेर व्यक्त गर्छन् । यसरी लेखेर व्यक्त गरीएको कुराबाट नै साहित्य जन्मन्छ, जसलाई सजिलै गाउन तथा पढ्न सकिन्छ । यसरी गाउदा तथा पढ्दा नयाँ छुट्टै कुरा सिकेजस्तो र केही गरौँ गरौँ बनाउने खालको शरीरमा उर्जा जगाइदिएको जस्तो महसुस हुन्छ । हामीहरु देख्न सक्छौ, आजभोलीका यवाहरुको गीतसंगित, चलचित्रहरुमा कत्तिको आकषर्ण छ भन्ने कुरा यसबाट पनि हामीलाई यो कुरा थाहा हुन्छ की उनीहरुलाई साहित्य कत्तिको मन पर्दो रहेछ ? किनकी गीतसंगित, चलचित्रहरुमा पनि साहित्यको ठुलो साथ रहेको हुन्छ । गीतसंगित सुन्दै गर्दा तथा चलचित्र हेर्दै गर्दा त्यसैको तालमा बग्ने गर्छन र अन्त्यमा ताजा/उर्जाशील भएको अनुभुत गर्छन् ।  साहित्यमा भावनात्मक कुराहरु मात्र हुन्छन् भन्ने छैन, यहाँ देशप्रेमका कुरा, समाज सुधारका कुरा, ज्ञानवद्धक, व्यक्तित्व विकास सम्बन्धी कुराहरु एवम् प्राबिधिक कुराहरु समेत समेटिएको हुन्छन् ।   हामी सबैलाई थाहा भएकै कुरा हो, साहित्य समाजको एक अभिन्न अंग हो, समाज विकास र  परिवर्तनको एक महत्वपूर्ण आधार हो ।  साहित्यको विकास, सम्बद्र्धन र उत्थान विना कुनै पनि समाज एक कदम पनि अगाडी बढ्न सक्दैन । साहित्यले समाजमा जरो गाडेर बसिरहेका विभिन्न समस्याहरुलाई जस्ताको त्यस्तै टपक्क टिपेर तिनको समाधान खोजेर ज्ञानगुनका कुरा बाढ्ने गर्दछ ।  त्यसकारण त्यस्ता ज्ञानगुनका कुराहरु जनसमाजमा पुर्याएर समाज सुधार गर्नका लागी मुलत साहित्यको अपरिहार्यता हुन्छ । आखिर मानिस आफ्नो कामको सिलसिलामा समाजमा पुग्नु पर्छ, त्यती बेला साहित्य नभइ हुदैन, साहित्यले उसलाई त्यहाँ बस्न सिकाउछ त्यहाको रहन संस्कृतिसँग घुलमिल हुन सिकाउछ ।  मान्छेलाई आफ्नो व्यक्तित्व विकासका लागी पनि साहित्यको आवश्यकता पर्दछ, जस्तै जीवनका हरेक पाइला पाइलामा सफलता प्राप्त गर्दै अगाडी बढ्न व्यक्ती आफैमा भित्रबाट नै सबल हुनुपर्दछ, त्यस्तो खालको उर्जा प्रदान गर्नमा साहित्यको ठुलो हात रहन्छ । यसकारण साहित्यको सम्बन्ध हरेक मानिसहरुसगँ रहेको छ । समग्रमा साहित्य भनेको व्यक्ति, समाज तथा समग्र देश विकास र परिवर्तनकाएक आधार हो ।  साहित्यले मानिसमा पठन तथा लेखन शैलीको विकास गर्दछ । यस्तो सिर्जनशील रचनात्मक कुराले मानिस तथा समाजमा सकारात्मक परिवर्तन ल्याउछ त्यसैले यसलाई निरन्तरता दिनुपर्दछ अझ विस्तार गनुपर्छ । साहित्यलाई यो स्थानसम्म ल्याइ पुर्याउन अग्रज साहित्यकारहरुको ठुलो त्याग छ तर खास कुरा, अझै पनि साहित्यको प्रचारप्रचार र विकास राम्रोसँग हुन नसक्नाले धेरैलाई साहित्य भन्ने थाहा नहुन सक्छ । अब यो जिम्मेवारी हाम्रो काधँमा छ यसलाई हामीले पुरा गनुपर्छ ।   इन्जिनियरिङका विद्यार्थीहरु पनि मानिस नै हुन्, उनीहरुमा पनि मन हुन्छ, मनमा भावनाहरु खेल्छन्, उनीहरुको मनमा पनि दया र माया हुन्छ । उनीहरु पनि मानवीय संवेदनशिल हुन्छन् अरुको पीडा तथा दुःखमा सहानुभुती प्रकट गर्छन् । इन्जिनियरिङका विद्यार्थीहरु यही समाजबाट हुर्केर गएका हुन्, पछि इन्जिनियर बनेर काम गर्न आउने ठाउँ भनेकै  यही समाज हो, त्यसैले यो समाजको बारेमा धेरै कुरा जान्नुपर्छ, समाजमा घुल्न जान्नुपर्ने हुन्छ । एकएक समस्याहरु केलाउन जान्नु पर्छ र तिनको समाधान दिन सक्नुपर्छ । उनीहरुले पनि आफैले आपूmलाई आफ्नो व्यक्तित्व विकास गरेर एउटा सहि दिशातिर लैजानु पर्छ । यी सम्पूर्ण कुराहरुमा साहित्यले बिशेष सहयोग प्रदान गर्ने गर्दछ । त्यसैले इन्जिनियरहरुलाई पनि साहित्यको महत्व छ । तब मात्र एक इन्जिनियर खास हुनुपर्ने इन्जिनियर कुशल, सामाजिक तथा मानवीय संवेदनशील इन्जिनियर बन्न सक्छ र उसले मात्र समाज सुधार, विकास तथा परिवर्तन गर्नमा बिशेष सहयोग गर्न सक्छ । त्यसैले इन्जिनियरिङमा साहित्य हुनु कुनै नौलो र अनौठो कुरा नभइ एउटा आवश्यकताको बिषय रहेको कुरा यसरी प्रष्ट पार्न सकिन्छ ।


Author Name

{picture#YOUR_PROFILE_PICTURE_URL} YOUR_PROFILE_DESCRIPTION {facebook#YOUR_SOCIAL_PROFILE_URL} {twitter#YOUR_SOCIAL_PROFILE_URL} {google#YOUR_SOCIAL_PROFILE_URL} {pinterest#YOUR_SOCIAL_PROFILE_URL} {youtube#YOUR_SOCIAL_PROFILE_URL} {instagram#YOUR_SOCIAL_PROFILE_URL}
manualslide

Contact Form

Name

Email *

Message *

Powered by Blogger.