Articles by "लेख रचनाहरू"

Showing posts with label लेख रचनाहरू. Show all posts

नेपालमा इन्जिनियरिङ अध्ययनको अवस्था – अर्जुन खड्का

 नेपालमा इन्जिनियरिङ अध्ययनको अवस्था

–अर्जुन खड्का (BEX 071 ERC)

समग्र्र्र्र्र्र्र रुपमा देशको  भाग्य र भविष्य कस्तो बनाउने भन्ने कुरा यस देशको शिक्षा नीतिमा विशेष भर पर्दछ । नेपाली शिक्षा पद्धतिको विषयमा विभिन्न कोणबाट गहन छलफल तथा विचार विर्मशहरु भएका छन् जसअनुरुप  जीवन उपयोगी, सिपमुलक र प्राविधीक शिक्षाको क्रमिक विकास हुदैँ आएको छ । खोज अनुसन्धान र नविनतम प्रयोगका क्षेत्रमा विश्वले फराकीलो फड्को मारीरहेको अवस्थामा प्राविधिक शिक्षाको विशेष महत्व रहेको छ । यसैले राष्ट्रिय आवश्यकता अनुरुप दक्ष जनशक्ति प्राविधिक उत्पादन गर्ने इन्जिनियरिङ शिक्षा आजको आधारभुत शिक्षा  हो ।

सामान्यतया इन्जिनियरिङ शिक्षा भन्नासाथ  आम मनिसहरुमा यो  खर्चिलो, महङ्गो र उच्च स्तरको शिक्षा हो भन्ने  बुझाइ रहेको छ । खोज अनुसन्धान र प्रयोगात्मक पद्धतिमा आधारित  भइ अध्ययन हुने इन्जिनियरिङ शिक्षा  विशेषत अन्य शिक्षा भन्दा तुलानात्मक रुपमा महंगो  हुने गरेको छ । नेपालमा इन्जिनियरिङ अध्ययनको सुरुवात कहिलेबाट भयो भन्ने एकिन तथ्य नभएता पनि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान  (IOE)
ले औपचारिक रुपमा २०२९ सालबाट राष्ट्रिय आवश्यकतालाई महसुस गर्दै मध्यम तथा उच्च  तहका इन्जिनियरिङ जनशक्ति ओभरसियर  उत्पादन गरी , विभिन्न तहका जनशक्तिलाइ क्षमता अभिवृद्धी गराइ आधुनिक इन्जिनियरिङ शिक्षाको ढोका खोलेको थियो । त्रिभुवन विश्वविद्यालयको मातहतमा रहेको इन्जिनियरिङ अध्ययन संस्थानले देशमा इन्जिनियरिङ उत्पादनको क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । हाल नेपालमा इन्जिनियरिङ अध्ययन संस्थानका ४ ओटा आङ्गिक क्याम्पस रहेका छन । जसमध्ये केन्द्रिय  क्याम्पस पुल्चोक , थापाथली क्याम्पस काठमाडौँ , पूर्वाञ्चल क्याम्पस धरान र पश्चिमाञ्चल क्याम्पस पोखरा रहेका छन । स्थापना कालदेखि नै इन्जिनियरिङ र प्राविधिक जनशक्तिका रुपमा लिइने ओभरसियर  ( Diploma in Engineering )
 का विभिन्न विभागहरुमा अध्ययन हुने उक्त आङ्गिक क्याम्पसबाट  २०६९ साल देखि ओभरसियर ( Diploma in Engineering ) का सम्पुर्ण विभागहरु बन्द गरी  पूर्ण इन्जिनियरिङ (Bachelor in Engineering) क्याम्पस बनाइएको छ । हाल आएर नेपालमा ओभरसियर (डिप्लोमा) को अध्ययन प्राविधिक शिक्षा तथा व्यावसाहिक तालिम परिषद्  बाट हुने गरेको छ । यसरी देशमा आवश्यक पर्ने दक्ष जनशक्ति इन्जिनियरिङ उत्पादनको क्षेत्रमा निजि संस्था र विश्वविद्यालयहरुको पनि अमूल्य योगदान रहेको छ ।

इन्जिनियरिङ अध्ययनमा कुनै  जात, धर्म, भाषा र संकृतिको आधारमा नभइ योग्यता, क्षमता र स्वच्छ प्रतिस्पर्धाका आधारमा नेपाली जनताका छोराछोरीले सहज र सबैभन्दा सस्तो र सुलभ मूल्यमा अध्ययन गर्न पाउने इन्जिनियरिङ अध्ययन संस्थान   (IOE) का  आङ्गिक क्याम्पसबाट वार्षिक रुपमा करिब १३०० जना इन्जिनियरहरु उत्पादन हुने गरेका छन् । आङ्गिक क्याम्पसले मात्र इन्जिनियरिङ अध्ययनको आवश्यकता पुरा गर्न नसक्ने भएकाले त्रि.वि. बाट सम्वन्धन प्राप्त (TU Affiliated) इन्जिनियरिङ क्याम्पसको सङ्ख्या हाल सम्म १२ पुगेको छ । जसबाट समेत गरी बार्षिक रुपमा करिब ३५०० को हाराहारीमा इन्जिनियर उत्पादन हुन्छन् । साथै पूर्वाञ्चल विश्वविद्यालय, काठमाडाँै विश्वविद्यालय, पोखरा विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पनि वार्षिक करिब ५ हजार इन्जिनियर उत्पादन गर्ने गरेका छन । समग्रमा यो तथ्याङ्कका आधारमा नेपालमा प्रतिवर्ष करिव १० हजार विद्यार्थीले विभिन्न विभागवाट आफ्नो  इन्जिनियरिङ  अध्ययन पुरा  गर्ने गर्दछन ।

भौतिक विज्ञानले प्रतिपादन गरेका नियम र सिद्धान्तहरुलाई व्यावहारीक जीवनम प्रस्तुत गर्ने शिक्षा पद्धति नै इन्जिनियरिङ शिक्षा हो । मानिसको जीवनयापनको शैलीलाई सहज र समृद्ध बनाउन इन्जिनियरिङको ठुलो भुमिका रहेको छ । विशेषगरि नेपालमा अध्ययन हुने इन्जिनियरिङका विषयहरु  Civil, Computer,  Electronics And Communication, Electrical, Mechanical, Agricultural, Architectural, Industrial, Automobile आदि रहेका छन् । नेपाल उत्पादन र औद्योगिक विकासको हिसाबले कमजोर मुलक भएकोले यहाँ उत्पादन भएका इन्जिनियरहरुले स्वदेशमा बसेर आफ्नो दक्षता प्रस्तुत गरि स्वरोजगार बन्न  नसकिरहेको अवस्था छ । देशमा उत्पादन भएका दक्ष जनशक्ति विदेशिनु पर्ने अवस्थाले देशको भौतिक विकास, संरचनाहरुको निर्माण ,प्रविधिको विश्वव्यापीकरण, कृषिमा आधुनिकरण र औधोगिक विकास जस्ता कुराहरुमा  प्रत्यक्ष प्रभाव पर्ने गरेको छ । 

नेपालका विश्वविद्यालयबाट मात्र होइन इन्जिनियरिङ अध्यायन गर्नको लागि देशबाहिर गएर अध्यन गर्ने नेपाली बिद्यार्थीको सङ्ख्या पनि  कम  छैन । बिशेष गरी इन्जिनियरिङ अध्ययन गर्न नेपाली बिद्यार्थीहरु भारत जाने गरेका छन । साथै नेपालको लागि भारतीय राजदुतावसले सहयोग स्वरुप बार्षिक ४० सिट छात्रावृतिको रुपमा उपलव्ध गराउने गरेको छ । सामान्यतया इन्जिनियरिङ अध्ययन गर्नको लागि उच्च मा.वि.  /+2 मा  science बाट उत्रिण भएको वा तीन वर्षे डिप्लोमा इन्जिनियरिङ (ओभरसियर) अध्ययन पुरा गरिसकेको हुनुपर्दछ । त्यसपश्चात आ–आफ्नो विश्वविद्यालयको निर्धारण  गरेको प्रवेश परीक्षामा  सामेल भइ प्राप्त नतिजाका आधारमा इन्जिनियरिङ अध्ययनको यात्रा सुरु हुने गर्दछ । बिशेष गरी इन्जिनियरिङ अध्ययन संस्थानको हकमा प्रवेश परिक्षाबाट प्राप्त नतिजा  (IOE Rank ) का आधारमा बिद्यार्थीहरुले चाहेको क्याम्पस र पढ्न चाहेको विभागमा भर्ना हुने स्पष्ट  व्यवस्था भएकाले यस संस्थालाइ नेपालकै निष्पक्ष र पवित्र इन्जिनियरिङ संस्थाको रुपमा लिइन्छ ।

विश्वबजारमा उत्पादन भएका इन्जिनियरहरुको तुलनामा नेपाली इन्जिनियरको स्तर भने कमजोर छैन यद्यपी पर्याप्त स्रोत साधन, प्रयोगशालाहरुको उचित व्यवस्थापन, आवश्यकता अनुरुप अनुसन्धान केन्द्रको स्थापना नहुनु जस्ता कारक तत्वहरु नेपाली इन्जिनियरिङ अध्ययन जगत्का काला बादलहरु हुन् ।  आगामी दिनमा इन्जिनियरिङ  क्षेत्रमा भएका यस्ता बादलहरु हटेर नेपालको विकासमा  स्वर्णिम सूर्य उदाउने कुरामा हामी आशावादी हुन सक्दछौ ।

यो अंकुरण वर्ष २०७४ मा प्रकाशित रचना हो ।

 

नेपालमा इन्जिनियरिङ अध्ययनको अवस्था – अर्जुन खड्का

नेपालमा इन्जिनियरिङ अध्ययनको अवस्था – अर्जुन खड्का

त्यो सुन्दरताको अगाडि यो मन नतमस्तक छ, त म के गरु?
त्यसैले सायद, मुटुको अजिब/अजिब हर्कत छ, त म के गरु?

मेरो मन र मस्तिष्कको द्वन्द चलिरहन्छ आजभोली
किनकी मनलाई उस्को अति जरुरत छ, त म के गरु?

उ मेरी हुन सक्दिन भन्ने बुझिसक्यो, यो मस्तिष्कले
तर मनले उस्लाई नै चाहने आदत छ, त म के गरु?

हिजो भेट भो मेसेन्जरमा, तिमी खुशी त छौ नि, सोधी उस्ले
किनकी सायद मेरो प्रेम उस्लाई पनि अवगत छ, त म के गरु?

चाह्यो भने दुनियाँसंग लडेर उस्लाई जित्न पनि म सक्छु
तर उस्को सिउदोमा अब अर्कैको दस्तखत छ, त म के गरु?

                                     -पुजन पौडेल
                                       (हाल,धरान)

इन्जिनियरिङमा साहित्य किन? by Padam Prasad Paudel

इन्जिनियरिङमा साहित्य किन?

– पदम प्रसाद पौडेल (पूर्व अध्यक्ष, इ.सा.स.–धरान )

इन्जिनियरिङ पढ्दै गरेको एक विद्यार्थी साहित्यिक क्षेत्रतिर कत्तिको रुचि राख्छ भनेर आम जनसमाजले के सोच्छ होला? पक्कै पनि धेरैले यो सोच्नुहुदो रहेछ की, ‘त्यहाँका विद्यार्थीहरु प्रबिधिसँग खेल्छन् उनीहरु प्रबिधि भन्दा बाहिरको कुरामा त्यति चासो दिदैनन् र साहित्यमा पनि खासै रुचि राख्दैनन् ।’ यही अङ्कुरण प्रकाशनका सन्दर्भमा विभिन्न ठाउँहरुमा जादाँ उनीहरुको सोचाइ विपरित हामीहरुलाई भेट्दा उनीहरुले गर्ने प्रश्न हुन्थ्यो, ‘इन्जिनियरिङमा साहित्य किन?’ 

हामी जन्मिए पछि हुर्कदै गर्दा देखि नै हामीलाई साहित्य सिकाइएको थियो, कहिले सुताउन त कहिले फकाउनका लागी आमा तथा दिदीहरुले सुनाउने बालगीत, बालकविता साथै बाबाले सुनाउने रोचक ज्ञानवद्धक बालकथाहरु, दन्त्यकथाहरु बाट नै हामीलाई साहित्य सिकाउन थालिएको थियो । त्यस्तै आफ्नो रहनसहन, रीतिरिवाज, संस्कृति, ठाउँ अनुसार बेलाबखतमा गाइने मौलिक लोक गीत, संस्कृतिहरु जस्तै देउडा, रोधी, भजन किर्तन, बालन, सङ्गिनी आदीबाट पनि साहित्य क्षेत्रतर्फ बिशेष रुचि बढाउदै गयाौँ । हामीले पढ्न सुरु गर्दा पनि कक्षा एकमा ‘तारा बाँजी लै लै’ बाट सुरु गरेका थियौ । यही तरिकाले हामी साहित्यतर्फ अझ नजिक हुदैँ गयौँ । हामी यस इन्जिनियरिङको कोठामा छिर्नुभन्दा पहिला संघारमा आउदासम्म  हामीलाई साहित्यले साथ दियो, र अब पनि किन बिर्सने साहित्यलाई ? हामीलाई यसरी यहाँसम्म ल्याउने विभिन्न कुराहरु सिकाउने बुझाउने साहित्यलाई हामीले चटक्क नछोडेर साथै लिएर आएका हौ । त्यसैले इन्जिनियरिङमा साहित्य कसरी आयो, भन्ने प्रश्न अब रहेन । 

मानिस एउटा भावनात्मक समाजिक प्राणी हो, सबैको मन हुन्छ र आफ्नो आफ्नो रुची हुन्छ । मन भावनामा बहकिने गर्दछ, भावनामा पग्लिने गर्दछ । कहिले मन भित्रको पीडा, तनावको कारणले बहकिन्छ, त कहिले अतभुत् खुसिका क्षणहरु छचल्किएर बहकिन्छ, भने कहिले अरुको दुःखमा मानवताको हिसाबले सहानुभुति प्रकट गर्दै पग्लिन्छ । यस्तो बेलामा खासगरि मनमा विभिन्न कुराहरु खेल्ने गर्दछन् । तिनीहरुलाई कतैकही पोख्न सकियो भने तथा व्यक्त गर्न सकियो भने मात्र अझ आनन्द प्राप्ती तथा पीडा कम भएको महसुस हुन्छ । कसैले त्यही कुरालाई कसैसगँ भनेर व्यक्त गर्छन्, कसैले गीत गाएर व्यक्त गर्छन् भने कसैले लेखेर व्यक्त गर्छन् । यसरी लेखेर व्यक्त गरीएको कुराबाट नै साहित्य जन्मन्छ, जसलाई सजिलै गाउन तथा पढ्न सकिन्छ । यसरी गाउदा तथा पढ्दा नयाँ छुट्टै कुरा सिकेजस्तो र केही गरौँ गरौँ बनाउने खालको शरीरमा उर्जा जगाइदिएको जस्तो महसुस हुन्छ । हामीहरु देख्न सक्छौ, आजभोलीका यवाहरुको गीतसंगित, चलचित्रहरुमा कत्तिको आकषर्ण छ भन्ने कुरा यसबाट पनि हामीलाई यो कुरा थाहा हुन्छ की उनीहरुलाई साहित्य कत्तिको मन पर्दो रहेछ ? किनकी गीतसंगित, चलचित्रहरुमा पनि साहित्यको ठुलो साथ रहेको हुन्छ । गीतसंगित सुन्दै गर्दा तथा चलचित्र हेर्दै गर्दा त्यसैको तालमा बग्ने गर्छन र अन्त्यमा ताजा/उर्जाशील भएको अनुभुत गर्छन् ।  साहित्यमा भावनात्मक कुराहरु मात्र हुन्छन् भन्ने छैन, यहाँ देशप्रेमका कुरा, समाज सुधारका कुरा, ज्ञानवद्धक, व्यक्तित्व विकास सम्बन्धी कुराहरु एवम् प्राबिधिक कुराहरु समेत समेटिएको हुन्छन् । 

हामी सबैलाई थाहा भएकै कुरा हो, साहित्य समाजको एक अभिन्न अंग हो, समाज विकास र  परिवर्तनको एक महत्वपूर्ण आधार हो ।  साहित्यको विकास, सम्बद्र्धन र उत्थान विना कुनै पनि समाज एक कदम पनि अगाडी बढ्न सक्दैन । साहित्यले समाजमा जरो गाडेर बसिरहेका विभिन्न समस्याहरुलाई जस्ताको त्यस्तै टपक्क टिपेर तिनको समाधान खोजेर ज्ञानगुनका कुरा बाढ्ने गर्दछ ।  त्यसकारण त्यस्ता ज्ञानगुनका कुराहरु जनसमाजमा पुर्याएर समाज सुधार गर्नका लागी मुलत साहित्यको अपरिहार्यता हुन्छ । आखिर मानिस आफ्नो कामको सिलसिलामा समाजमा पुग्नु पर्छ, त्यती बेला साहित्य नभइ हुदैन, साहित्यले उसलाई त्यहाँ बस्न सिकाउछ त्यहाको रहन संस्कृतिसँग घुलमिल हुन सिकाउछ ।  मान्छेलाई आफ्नो व्यक्तित्व विकासका लागी पनि साहित्यको आवश्यकता पर्दछ, जस्तै जीवनका हरेक पाइला पाइलामा सफलता प्राप्त गर्दै अगाडी बढ्न व्यक्ती आफैमा भित्रबाट नै सबल हुनुपर्दछ, त्यस्तो खालको उर्जा प्रदान गर्नमा साहित्यको ठुलो हात रहन्छ । यसकारण साहित्यको सम्बन्ध हरेक मानिसहरुसगँ रहेको छ । समग्रमा साहित्य भनेको व्यक्ति, समाज तथा समग्र देश विकास र परिवर्तनकाएक आधार हो ।

साहित्यले मानिसमा पठन तथा लेखन शैलीको विकास गर्दछ । यस्तो सिर्जनशील रचनात्मक कुराले मानिस तथा समाजमा सकारात्मक परिवर्तन ल्याउछ त्यसैले यसलाई निरन्तरता दिनुपर्दछ अझ विस्तार गनुपर्छ । साहित्यलाई यो स्थानसम्म ल्याइ पुर्याउन अग्रज साहित्यकारहरुको ठुलो त्याग छ तर खास कुरा, अझै पनि साहित्यको प्रचारप्रचार र विकास राम्रोसँग हुन नसक्नाले धेरैलाई साहित्य भन्ने थाहा नहुन सक्छ । अब यो जिम्मेवारी हाम्रो काधँमा छ यसलाई हामीले पुरा गनुपर्छ । 

इन्जिनियरिङका विद्यार्थीहरु पनि मानिस नै हुन्, उनीहरुमा पनि मन हुन्छ, मनमा भावनाहरु खेल्छन्, उनीहरुको मनमा पनि दया र माया हुन्छ । उनीहरु पनि मानवीय संवेदनशिल हुन्छन् अरुको पीडा तथा दुःखमा सहानुभुती प्रकट गर्छन् । इन्जिनियरिङका विद्यार्थीहरु यही समाजबाट हुर्केर गएका हुन्, पछि इन्जिनियर बनेर काम गर्न आउने ठाउँ भनेकै  यही समाज हो, त्यसैले यो समाजको बारेमा धेरै कुरा जान्नुपर्छ, समाजमा घुल्न जान्नुपर्ने हुन्छ । एकएक समस्याहरु केलाउन जान्नु पर्छ र तिनको समाधान दिन सक्नुपर्छ । उनीहरुले पनि आफैले आपूmलाई आफ्नो व्यक्तित्व विकास गरेर एउटा सहि दिशातिर लैजानु पर्छ । यी सम्पूर्ण कुराहरुमा साहित्यले बिशेष सहयोग प्रदान गर्ने गर्दछ । त्यसैले इन्जिनियरहरुलाई पनि साहित्यको महत्व छ । तब मात्र एक इन्जिनियर खास हुनुपर्ने इन्जिनियर कुशल, सामाजिक तथा मानवीय संवेदनशील इन्जिनियर बन्न सक्छ र उसले मात्र समाज सुधार, विकास तथा परिवर्तन गर्नमा बिशेष सहयोग गर्न सक्छ । त्यसैले इन्जिनियरिङमा साहित्य हुनु कुनै नौलो र अनौठो कुरा नभइ एउटा आवश्यकताको बिषय रहेको कुरा यसरी प्रष्ट पार्न सकिन्छ ।


यो अंकुरण वर्ष २०७४ मा प्रकाशित रचना हो । यो लेख प्रकाशन गर्दा लेखक पदम प्रसाद पौडेल, इन्जिनियरिङ साहित्यिक समाजका अध्यक्ष थिए ।


इन्जिनियरिङ पढ्दै गरेको एक विद्यार्थी साहित्यिक क्षेत्रतिर कत्तिको रुचि राख्छ भनेर आम जनसमाजले के सोच्छ होला? पक्कै पनि धेरैले यो सोच्नुहुदो रहेछ की, ‘त्यहाँका विद्यार्थीहरु प्रबिधिसँग खेल्छन् उनीहरु प्रबिधि भन्दा बाहिरको कुरामा त्यति चासो दिदैनन् र साहित्यमा पनि खासै रुचि राख्दैनन् ।’ यही अङ्कुरण प्रकाशनका सन्दर्भमा विभिन्न ठाउँहरुमा जादाँ उनीहरुको सोचाइ विपरित हामीहरुलाई भेट्दा उनीहरुले गर्ने प्रश्न हुन्थ्यो, ‘इन्जिनियरिङमा साहित्य किन?’   हामी जन्मिए पछि हुर्कदै गर्दा देखि नै हामीलाई साहित्य सिकाइएको थियो, कहिले सुताउन त कहिले फकाउनका लागी आमा तथा दिदीहरुले सुनाउने बालगीत, बालकविता साथै बाबाले सुनाउने रोचक ज्ञानवद्धक बालकथाहरु, दन्त्यकथाहरु बाट नै हामीलाई साहित्य सिकाउन थालिएको थियो । त्यस्तै आफ्नो रहनसहन, रीतिरिवाज, संस्कृति, ठाउँ अनुसार बेलाबखतमा गाइने मौलिक लोक गीत, संस्कृतिहरु जस्तै देउडा, रोधी, भजन किर्तन, बालन, सङ्गिनी आदीबाट पनि साहित्य क्षेत्रतर्फ बिशेष रुचि बढाउदै गयाौँ । हामीले पढ्न सुरु गर्दा पनि कक्षा एकमा ‘तारा बाँजी लै लै’ बाट सुरु गरेका थियौ । यही तरिकाले हामी साहित्यतर्फ अझ नजिक हुदैँ गयौँ । हामी यस इन्जिनियरिङको कोठामा छिर्नुभन्दा पहिला संघारमा आउदासम्म  हामीलाई साहित्यले साथ दियो, र अब पनि किन बिर्सने साहित्यलाई ? हामीलाई यसरी यहाँसम्म ल्याउने विभिन्न कुराहरु सिकाउने बुझाउने साहित्यलाई हामीले चटक्क नछोडेर साथै लिएर आएका हौ । त्यसैले इन्जिनियरिङमा साहित्य कसरी आयो, भन्ने प्रश्न अब रहेन ।   मानिस एउटा भावनात्मक समाजिक प्राणी हो, सबैको मन हुन्छ र आफ्नो आफ्नो रुची हुन्छ । मन भावनामा बहकिने गर्दछ, भावनामा पग्लिने गर्दछ । कहिले मन भित्रको पीडा, तनावको कारणले बहकिन्छ, त कहिले अतभुत् खुसिका क्षणहरु छचल्किएर बहकिन्छ, भने कहिले अरुको दुःखमा मानवताको हिसाबले सहानुभुति प्रकट गर्दै पग्लिन्छ । यस्तो बेलामा खासगरि मनमा विभिन्न कुराहरु खेल्ने गर्दछन् । तिनीहरुलाई कतैकही पोख्न सकियो भने तथा व्यक्त गर्न सकियो भने मात्र अझ आनन्द प्राप्ती तथा पीडा कम भएको महसुस हुन्छ । कसैले त्यही कुरालाई कसैसगँ भनेर व्यक्त गर्छन्, कसैले गीत गाएर व्यक्त गर्छन् भने कसैले लेखेर व्यक्त गर्छन् । यसरी लेखेर व्यक्त गरीएको कुराबाट नै साहित्य जन्मन्छ, जसलाई सजिलै गाउन तथा पढ्न सकिन्छ । यसरी गाउदा तथा पढ्दा नयाँ छुट्टै कुरा सिकेजस्तो र केही गरौँ गरौँ बनाउने खालको शरीरमा उर्जा जगाइदिएको जस्तो महसुस हुन्छ । हामीहरु देख्न सक्छौ, आजभोलीका यवाहरुको गीतसंगित, चलचित्रहरुमा कत्तिको आकषर्ण छ भन्ने कुरा यसबाट पनि हामीलाई यो कुरा थाहा हुन्छ की उनीहरुलाई साहित्य कत्तिको मन पर्दो रहेछ ? किनकी गीतसंगित, चलचित्रहरुमा पनि साहित्यको ठुलो साथ रहेको हुन्छ । गीतसंगित सुन्दै गर्दा तथा चलचित्र हेर्दै गर्दा त्यसैको तालमा बग्ने गर्छन र अन्त्यमा ताजा/उर्जाशील भएको अनुभुत गर्छन् ।  साहित्यमा भावनात्मक कुराहरु मात्र हुन्छन् भन्ने छैन, यहाँ देशप्रेमका कुरा, समाज सुधारका कुरा, ज्ञानवद्धक, व्यक्तित्व विकास सम्बन्धी कुराहरु एवम् प्राबिधिक कुराहरु समेत समेटिएको हुन्छन् ।   हामी सबैलाई थाहा भएकै कुरा हो, साहित्य समाजको एक अभिन्न अंग हो, समाज विकास र  परिवर्तनको एक महत्वपूर्ण आधार हो ।  साहित्यको विकास, सम्बद्र्धन र उत्थान विना कुनै पनि समाज एक कदम पनि अगाडी बढ्न सक्दैन । साहित्यले समाजमा जरो गाडेर बसिरहेका विभिन्न समस्याहरुलाई जस्ताको त्यस्तै टपक्क टिपेर तिनको समाधान खोजेर ज्ञानगुनका कुरा बाढ्ने गर्दछ ।  त्यसकारण त्यस्ता ज्ञानगुनका कुराहरु जनसमाजमा पुर्याएर समाज सुधार गर्नका लागी मुलत साहित्यको अपरिहार्यता हुन्छ । आखिर मानिस आफ्नो कामको सिलसिलामा समाजमा पुग्नु पर्छ, त्यती बेला साहित्य नभइ हुदैन, साहित्यले उसलाई त्यहाँ बस्न सिकाउछ त्यहाको रहन संस्कृतिसँग घुलमिल हुन सिकाउछ ।  मान्छेलाई आफ्नो व्यक्तित्व विकासका लागी पनि साहित्यको आवश्यकता पर्दछ, जस्तै जीवनका हरेक पाइला पाइलामा सफलता प्राप्त गर्दै अगाडी बढ्न व्यक्ती आफैमा भित्रबाट नै सबल हुनुपर्दछ, त्यस्तो खालको उर्जा प्रदान गर्नमा साहित्यको ठुलो हात रहन्छ । यसकारण साहित्यको सम्बन्ध हरेक मानिसहरुसगँ रहेको छ । समग्रमा साहित्य भनेको व्यक्ति, समाज तथा समग्र देश विकास र परिवर्तनकाएक आधार हो ।  साहित्यले मानिसमा पठन तथा लेखन शैलीको विकास गर्दछ । यस्तो सिर्जनशील रचनात्मक कुराले मानिस तथा समाजमा सकारात्मक परिवर्तन ल्याउछ त्यसैले यसलाई निरन्तरता दिनुपर्दछ अझ विस्तार गनुपर्छ । साहित्यलाई यो स्थानसम्म ल्याइ पुर्याउन अग्रज साहित्यकारहरुको ठुलो त्याग छ तर खास कुरा, अझै पनि साहित्यको प्रचारप्रचार र विकास राम्रोसँग हुन नसक्नाले धेरैलाई साहित्य भन्ने थाहा नहुन सक्छ । अब यो जिम्मेवारी हाम्रो काधँमा छ यसलाई हामीले पुरा गनुपर्छ ।   इन्जिनियरिङका विद्यार्थीहरु पनि मानिस नै हुन्, उनीहरुमा पनि मन हुन्छ, मनमा भावनाहरु खेल्छन्, उनीहरुको मनमा पनि दया र माया हुन्छ । उनीहरु पनि मानवीय संवेदनशिल हुन्छन् अरुको पीडा तथा दुःखमा सहानुभुती प्रकट गर्छन् । इन्जिनियरिङका विद्यार्थीहरु यही समाजबाट हुर्केर गएका हुन्, पछि इन्जिनियर बनेर काम गर्न आउने ठाउँ भनेकै  यही समाज हो, त्यसैले यो समाजको बारेमा धेरै कुरा जान्नुपर्छ, समाजमा घुल्न जान्नुपर्ने हुन्छ । एकएक समस्याहरु केलाउन जान्नु पर्छ र तिनको समाधान दिन सक्नुपर्छ । उनीहरुले पनि आफैले आपूmलाई आफ्नो व्यक्तित्व विकास गरेर एउटा सहि दिशातिर लैजानु पर्छ । यी सम्पूर्ण कुराहरुमा साहित्यले बिशेष सहयोग प्रदान गर्ने गर्दछ । त्यसैले इन्जिनियरहरुलाई पनि साहित्यको महत्व छ । तब मात्र एक इन्जिनियर खास हुनुपर्ने इन्जिनियर कुशल, सामाजिक तथा मानवीय संवेदनशील इन्जिनियर बन्न सक्छ र उसले मात्र समाज सुधार, विकास तथा परिवर्तन गर्नमा बिशेष सहयोग गर्न सक्छ । त्यसैले इन्जिनियरिङमा साहित्य हुनु कुनै नौलो र अनौठो कुरा नभइ एउटा आवश्यकताको बिषय रहेको कुरा यसरी प्रष्ट पार्न सकिन्छ ।इन्जिनियरिङ पढ्दै गरेको एक विद्यार्थी साहित्यिक क्षेत्रतिर कत्तिको रुचि राख्छ भनेर आम जनसमाजले के सोच्छ होला? पक्कै पनि धेरैले यो सोच्नुहुदो रहेछ की, ‘त्यहाँका विद्यार्थीहरु प्रबिधिसँग खेल्छन् उनीहरु प्रबिधि भन्दा बाहिरको कुरामा त्यति चासो दिदैनन् र साहित्यमा पनि खासै रुचि राख्दैनन् ।’ यही अङ्कुरण प्रकाशनका सन्दर्भमा विभिन्न ठाउँहरुमा जादाँ उनीहरुको सोचाइ विपरित हामीहरुलाई भेट्दा उनीहरुले गर्ने प्रश्न हुन्थ्यो, ‘इन्जिनियरिङमा साहित्य किन?’   हामी जन्मिए पछि हुर्कदै गर्दा देखि नै हामीलाई साहित्य सिकाइएको थियो, कहिले सुताउन त कहिले फकाउनका लागी आमा तथा दिदीहरुले सुनाउने बालगीत, बालकविता साथै बाबाले सुनाउने रोचक ज्ञानवद्धक बालकथाहरु, दन्त्यकथाहरु बाट नै हामीलाई साहित्य सिकाउन थालिएको थियो । त्यस्तै आफ्नो रहनसहन, रीतिरिवाज, संस्कृति, ठाउँ अनुसार बेलाबखतमा गाइने मौलिक लोक गीत, संस्कृतिहरु जस्तै देउडा, रोधी, भजन किर्तन, बालन, सङ्गिनी आदीबाट पनि साहित्य क्षेत्रतर्फ बिशेष रुचि बढाउदै गयाौँ । हामीले पढ्न सुरु गर्दा पनि कक्षा एकमा ‘तारा बाँजी लै लै’ बाट सुरु गरेका थियौ । यही तरिकाले हामी साहित्यतर्फ अझ नजिक हुदैँ गयौँ । हामी यस इन्जिनियरिङको कोठामा छिर्नुभन्दा पहिला संघारमा आउदासम्म  हामीलाई साहित्यले साथ दियो, र अब पनि किन बिर्सने साहित्यलाई ? हामीलाई यसरी यहाँसम्म ल्याउने विभिन्न कुराहरु सिकाउने बुझाउने साहित्यलाई हामीले चटक्क नछोडेर साथै लिएर आएका हौ । त्यसैले इन्जिनियरिङमा साहित्य कसरी आयो, भन्ने प्रश्न अब रहेन ।   मानिस एउटा भावनात्मक समाजिक प्राणी हो, सबैको मन हुन्छ र आफ्नो आफ्नो रुची हुन्छ । मन भावनामा बहकिने गर्दछ, भावनामा पग्लिने गर्दछ । कहिले मन भित्रको पीडा, तनावको कारणले बहकिन्छ, त कहिले अतभुत् खुसिका क्षणहरु छचल्किएर बहकिन्छ, भने कहिले अरुको दुःखमा मानवताको हिसाबले सहानुभुति प्रकट गर्दै पग्लिन्छ । यस्तो बेलामा खासगरि मनमा विभिन्न कुराहरु खेल्ने गर्दछन् । तिनीहरुलाई कतैकही पोख्न सकियो भने तथा व्यक्त गर्न सकियो भने मात्र अझ आनन्द प्राप्ती तथा पीडा कम भएको महसुस हुन्छ । कसैले त्यही कुरालाई कसैसगँ भनेर व्यक्त गर्छन्, कसैले गीत गाएर व्यक्त गर्छन् भने कसैले लेखेर व्यक्त गर्छन् । यसरी लेखेर व्यक्त गरीएको कुराबाट नै साहित्य जन्मन्छ, जसलाई सजिलै गाउन तथा पढ्न सकिन्छ । यसरी गाउदा तथा पढ्दा नयाँ छुट्टै कुरा सिकेजस्तो र केही गरौँ गरौँ बनाउने खालको शरीरमा उर्जा जगाइदिएको जस्तो महसुस हुन्छ । हामीहरु देख्न सक्छौ, आजभोलीका यवाहरुको गीतसंगित, चलचित्रहरुमा कत्तिको आकषर्ण छ भन्ने कुरा यसबाट पनि हामीलाई यो कुरा थाहा हुन्छ की उनीहरुलाई साहित्य कत्तिको मन पर्दो रहेछ ? किनकी गीतसंगित, चलचित्रहरुमा पनि साहित्यको ठुलो साथ रहेको हुन्छ । गीतसंगित सुन्दै गर्दा तथा चलचित्र हेर्दै गर्दा त्यसैको तालमा बग्ने गर्छन र अन्त्यमा ताजा/उर्जाशील भएको अनुभुत गर्छन् ।  साहित्यमा भावनात्मक कुराहरु मात्र हुन्छन् भन्ने छैन, यहाँ देशप्रेमका कुरा, समाज सुधारका कुरा, ज्ञानवद्धक, व्यक्तित्व विकास सम्बन्धी कुराहरु एवम् प्राबिधिक कुराहरु समेत समेटिएको हुन्छन् ।   हामी सबैलाई थाहा भएकै कुरा हो, साहित्य समाजको एक अभिन्न अंग हो, समाज विकास र  परिवर्तनको एक महत्वपूर्ण आधार हो ।  साहित्यको विकास, सम्बद्र्धन र उत्थान विना कुनै पनि समाज एक कदम पनि अगाडी बढ्न सक्दैन । साहित्यले समाजमा जरो गाडेर बसिरहेका विभिन्न समस्याहरुलाई जस्ताको त्यस्तै टपक्क टिपेर तिनको समाधान खोजेर ज्ञानगुनका कुरा बाढ्ने गर्दछ ।  त्यसकारण त्यस्ता ज्ञानगुनका कुराहरु जनसमाजमा पुर्याएर समाज सुधार गर्नका लागी मुलत साहित्यको अपरिहार्यता हुन्छ । आखिर मानिस आफ्नो कामको सिलसिलामा समाजमा पुग्नु पर्छ, त्यती बेला साहित्य नभइ हुदैन, साहित्यले उसलाई त्यहाँ बस्न सिकाउछ त्यहाको रहन संस्कृतिसँग घुलमिल हुन सिकाउछ ।  मान्छेलाई आफ्नो व्यक्तित्व विकासका लागी पनि साहित्यको आवश्यकता पर्दछ, जस्तै जीवनका हरेक पाइला पाइलामा सफलता प्राप्त गर्दै अगाडी बढ्न व्यक्ती आफैमा भित्रबाट नै सबल हुनुपर्दछ, त्यस्तो खालको उर्जा प्रदान गर्नमा साहित्यको ठुलो हात रहन्छ । यसकारण साहित्यको सम्बन्ध हरेक मानिसहरुसगँ रहेको छ । समग्रमा साहित्य भनेको व्यक्ति, समाज तथा समग्र देश विकास र परिवर्तनकाएक आधार हो ।  साहित्यले मानिसमा पठन तथा लेखन शैलीको विकास गर्दछ । यस्तो सिर्जनशील रचनात्मक कुराले मानिस तथा समाजमा सकारात्मक परिवर्तन ल्याउछ त्यसैले यसलाई निरन्तरता दिनुपर्दछ अझ विस्तार गनुपर्छ । साहित्यलाई यो स्थानसम्म ल्याइ पुर्याउन अग्रज साहित्यकारहरुको ठुलो त्याग छ तर खास कुरा, अझै पनि साहित्यको प्रचारप्रचार र विकास राम्रोसँग हुन नसक्नाले धेरैलाई साहित्य भन्ने थाहा नहुन सक्छ । अब यो जिम्मेवारी हाम्रो काधँमा छ यसलाई हामीले पुरा गनुपर्छ ।   इन्जिनियरिङका विद्यार्थीहरु पनि मानिस नै हुन्, उनीहरुमा पनि मन हुन्छ, मनमा भावनाहरु खेल्छन्, उनीहरुको मनमा पनि दया र माया हुन्छ । उनीहरु पनि मानवीय संवेदनशिल हुन्छन् अरुको पीडा तथा दुःखमा सहानुभुती प्रकट गर्छन् । इन्जिनियरिङका विद्यार्थीहरु यही समाजबाट हुर्केर गएका हुन्, पछि इन्जिनियर बनेर काम गर्न आउने ठाउँ भनेकै  यही समाज हो, त्यसैले यो समाजको बारेमा धेरै कुरा जान्नुपर्छ, समाजमा घुल्न जान्नुपर्ने हुन्छ । एकएक समस्याहरु केलाउन जान्नु पर्छ र तिनको समाधान दिन सक्नुपर्छ । उनीहरुले पनि आफैले आपूmलाई आफ्नो व्यक्तित्व विकास गरेर एउटा सहि दिशातिर लैजानु पर्छ । यी सम्पूर्ण कुराहरुमा साहित्यले बिशेष सहयोग प्रदान गर्ने गर्दछ । त्यसैले इन्जिनियरहरुलाई पनि साहित्यको महत्व छ । तब मात्र एक इन्जिनियर खास हुनुपर्ने इन्जिनियर कुशल, सामाजिक तथा मानवीय संवेदनशील इन्जिनियर बन्न सक्छ र उसले मात्र समाज सुधार, विकास तथा परिवर्तन गर्नमा बिशेष सहयोग गर्न सक्छ । त्यसैले इन्जिनियरिङमा साहित्य हुनु कुनै नौलो र अनौठो कुरा नभइ एउटा आवश्यकताको बिषय रहेको कुरा यसरी प्रष्ट पार्न सकिन्छ ।


लेखनाथ जयन्तीको अवसरमा कवि शिरोमणी साहित्य साधना समाज, धरान १६ ले आयोजना गरेको पूर्वाञ्चल स्तरीय खूल्ला कविता प्रतियोगिता २०७४ मा द्वितीय हुन सफल ०७४ ब्याच सिभिलका सुदिप बिस्टको कविता 'देश हराएको सुचना' वाचन



'सम्बन्धहरु'


कति सम्बन्धहरु जन्म अगावै जन्मन्छन् 

कति सम्बन्धहरु मृत्युु अगावै मर्ने गर्छन्
कति सम्बन्धहरु घरको चुलो चौको भित्र बन्धी हुन्छन त
कति सम्बन्धहरु धमिलो पानीको माछा जस्तै
सम्झनाका आहालमा पौडिने गर्छन् ।
कति सम्बन्धहरु 

कति सम्बन्धहरु जो जन्मिदैनन् जन्माइन्छन्
कति सम्बन्धहरु जो मर्दैनन् मारिन्छन्
सम्बन्धका हत्याकाण्डहरु बडो रहस्यमय छन्
यहाँ सम्बन्धका गाठाहरु
चुडिनलाई गासिन्छन्
गासिनलाई चुडिन्छन् 
बडो कच्चा धागाहरुका लट्टाई
कसैका सफलताका चङ्गाहरु उडाई रहेछन् 

कति सम्बन्धहरु आमाका कोखबाट जन्मिएर
निष्ठुरी वृद्धआश्रमका ढोकामा पुगेर बेपत्ता हुन्छन् 
कति सम्बन्धहरु बाबाका छातिहरुमा हुर्किएर
लहरे खोकीका ओखतिका अभावमा 
अस्पताल  नपुग्दै टुङ्गिन्छन्
कति सम्बन्धहरु आमाका एकै थुनमा जन्मिएर
मीठो मसिनो  एकै थालमा हुर्किएर
पराई घरको एक धर्सो सिमानाले फक्लक्कै बाडिन्छन्
कुनै सम्बन्धहरु बाबुका दुई पाखुरीमा झुन्डिएर 
दुई गोजी गुच्चासग हुर्किएर
गैरी खेत सिम खेत जसरी नै टुक्रिन्छन्
बाजे बराजुले वन जङ्गलसग खोसेका  जमिनका नाममा
अनि कुनै सम्बन्धहरु
जुन मात्र चाडपर्वमा दुईगेडा अक्षतामा टासिएका हुन्छन् 
अनि केही सस्ता सम्बन्धहरु
जुन मात्र साइनोमा सिमित हुन्छन् ।


कुनै यस्ता सम्बन्धहरु
जो फेसबुकका हेलोबाट सुरु भएर 
त्यहि हलोको प्रतिउत्तरको आशमा जिवित हुन्छन् त 
कोहि यस्ता सम्बन्धहरु
जो फेसबुकै हलोबाट सुरु भएर 
कुनै लजका बिछ्यौनामा हरेक बिहान ब्लक हुन्छन्
अनि केही यस्ता सम्बन्धहरु 
जो आखाको बाटो हुँदै मुटुमा गएर रोपिन्छन् 
अनि अन्यासै स्वार्थी दुनियामा 
कायरको उपनाम जन्माउदै झुण्डिन्छन् डोरीहरुमा 
केही यस्ता सम्बन्धहरु ।


कति सम्बन्धहरु
जुन त्रिभुवन बिमानस्थलमा पत्नीका गाजल बगाउने गर्छन
कुनै सम्बन्धहरु जो
बैदेशिक रोजगारका बिज्ञापनले भरिभराउ
पत्रिकामा पतिको षाचबर्षे प्रदेशी पसिना प‍ोकोपारेर
पराई सग भागेको  समाचारसगै टुङ्गिन्छन्
कुनै सम्बन्धहरु कालो पाटीमा 
सेतो खरिले लेख्ने  सेतै फुलेको मानिसले 
लगाएको लौरोसग टुङ्गिए जस्तो लागेनि
सफलताको सगरमाथा पुगेर हेर्दा कति गाढा लाग्छन् 
कुनै सम्बन्धहरु 
साथीको भनाभनमा टुङ्गिए जस्तो लागेनी
तिमीलाई हेप्ने कसैको मुखमा उसको मुक्का पर्दा 
कति प्रगाढ भएर आउछन् 

अनि कुनै सम्बन्धहरु
हरेक प्रमदिवसमा 
सेतो चिहानमा रातो गुलाब राखेर फर्किने गर्छन् 
अनि यस्ता सम्बन्धहरु 
जो हरेकदिन
आफ्नो मृत पतिका नाममा 
बाटो बिराएको खोलाो बगर जस्तो सिउदो साचेर बस्छन् 
केही यस्ता सम्बन्धहरु ।

सम्बन्धहरु
अन्धकार चिर्न हरेक विहान झर्ने तारा जस्ता 
सहिद र देशका सम्बन्धहरु
प्रशव पीडा सहि आफ्नो शरीर च्यातेर 
मुसुक्क हास्दै सन्सार देखाउने 
आमा र बच्चाका सम्बन्धहरु 
कहिले नभेटेनि 
आफू अस्ताएर अरुलाई उदाउन दिने
 घाम र जुन जस्ता सम्बन्धहरु
सन्सारका कटु सत्य जानेर नि 
कहिले नछुटेका कहिले नटुटेका 
जन्म मृत्यु जस्ता सम्बन्धहरु।

दुई छुट्टाछुट्टै धागो बाध्ने 
गाठा जस्ता सम्बन्धहरु 
सम्झि हेरौ त 
दुई धागा गास्ने गाठा कहिले चुडिदैनन् 
सम्बन्धहरु कहिले छुट्दैनन् कहिले टुक्रिदैनन् 
टुक्रिने हामी मानिसहरु हौ ।


-सुदिप बिस्ट
हाल पुर्वान्चल इन्जिनियरिङ क्याम्पसमा 
सिभिल ०७४ ब्याच

मिथुन कुवँर – BCE 072 batch
अझै कति ढलीरहनु पर्ने हो धरहराहरु ?
खै किन खाली छैनन् कुनै कठघराहरु ?

मलाई पो आमाले भोटो किन्दिनु भएको छ ,
खै कसरी ठन्डी काट्छन् बाटोका बिचराहरू ?

पक्कै पनि मर्द मुगलान पसेको हुनु पर्छ ,
त्यसैले त ओईलाएका छन् यी अप्सराहरु ।

हर दिन बालबालिकाहरु एबीसीडी गाईरहन्छन्
कहाँ सुनिन्छ अाजभोली तोते बोलीमा कखराहरु ।

यी फुलेका फुल सबै तिम्रालागि पनि त होइनन्
किन यति बदमाश भएका सारा भमराहरु ?

एउटा बूढो शरीरले पाखा नियालिरहेछ
सुनौला हुन्थे कुनै जमानामा यी गराहरु ।

मन मुटूमा सजाएकै फुल्ले बिगार्नेछ!!
गर्दा पनि मज्जा आउने भुल्ले बिगार्नेछ!!


टिक्न देउ खुट्टा तिम्रो किन डुल्छ्यौ धेरै,
एकदिन पक्कै तिम्लाई तिम्रो चुलबुल्ले बिगार्नेछ!!


जस्को नजिक पर्छ्यौ उस्ले प्यारी बनाउने,
क्षण भरका प्रेमीहरुकै पुलपुल्ले बिगार्नेछ!!


मेरो जति प्यार दिन सक्दैन कोही तिम्लाई,
मेरा ती सब यादहरुकै हुल्ले बिगार्नेछ!!


©दिलिप पाण्डे (असान्त सागर)
20160708121657.jpg

Author Name

{picture#YOUR_PROFILE_PICTURE_URL} YOUR_PROFILE_DESCRIPTION {facebook#YOUR_SOCIAL_PROFILE_URL} {twitter#YOUR_SOCIAL_PROFILE_URL} {google#YOUR_SOCIAL_PROFILE_URL} {pinterest#YOUR_SOCIAL_PROFILE_URL} {youtube#YOUR_SOCIAL_PROFILE_URL} {instagram#YOUR_SOCIAL_PROFILE_URL}
manualslide

Contact Form

Name

Email *

Message *

Powered by Blogger.