February 2018

                             ->झ्याउरे लय
बिदेशी दाजु फर्केर आउ यो जन्मभूमीमा
आमाले देको सगुन खाउ यो जन्मभूमीमा
त्यो चर्को घाम नखेप अब खाडी मुलुकमा
बाबाले देको बस्त्र लगाउ यो जन्मभूमीमा
टोकसो सहि रहन्छौ कति रगत सुकाइ
समाउ आउ बुद्धको पाउ यो जन्मभूमीमा
फर्केर आउ जुहार फल्छ नेपाली माटोमा
बसेर यहि पसिना बगाउ यो जन्मभूमीमा
बिरामी आमा घरमा एक्लै बस्दिहुन् कसरी
घरमा आइ बाआमा सघाउ यो जन्मभूमीमा
वारी र पारी दु:ख छ भारी नगरी भाछैन
पोलेछ मन दुखेछ घाउ यो जन्मभूमीमा ।
               -अभिषेक बुढाथोकी,ओखलढुङ्गा 

                          #गजल
imageबगाउछु म पिडा आशु बनाएर!!
थपि दिन्छे उ फेरि हासो पठाएर!!

माया मा उसको घायल मलाई,
हाल्छे उ जहेर मुटु गलाएर!!

न चल्छ यो मन मैले भनेझैँ ,
चलाउछे उ आफै इन्जिन जलाएर!!

उभिन दिन्छे उ आशा को डोरी,
ढलाउछे फेरि प्रेम नगर्ने बताएर!!

©दिलिप पाण्डे (असान्त सागर)

घर हेला पर हेला आफ्नो मान्छे कोही छैन ॥mithun
सबै शत्रु सब अर्गेला आफ्नो मान्छे कोही छैन ॥
एउटै पिरले सधैभरी सताइरह्यो जिन्दगीमा,
छुट्ने बेलाको रोइदेला आफ्नो मान्छे कोही छैन

प्रतियोगी नम्बर - ०८-सविना बिमली
मेकानिकल इन्जिनियरीङ ०७१ ब्याच
वाचनः शान्ति तामाङ्ग (कम्प्युटर इन्जिनियरीङ ०७१ ब्याच )


लेखनाथ जयन्तीको अवसरमा कवि शिरोमणी साहित्य साधना समाज, धरान १६ ले आयोजना गरेको पूर्वाञ्चल स्तरीय खूल्ला कविता प्रतियोगिता २०७४ मा द्वितीय हुन सफल ०७४ ब्याच सिभिलका सुदिप बिस्टको कविता 'देश हराएको सुचना' वाचन


 वार्षिक साधारण सभा र विविध कार्यक्रमहरू


मिति २०७४ माघ ७ गते इन्जिनियरिङ साहित्यिक समाज (इ.सा.स,धरान) ले आफ्नो दोस्रो वार्षिक साधरण सभाको अवसरमा नयाँ कार्यसमितिको गठन, खुल्ला कविता प्रतियोगिता, इ.सा.स. पुस्तकालयको उदघाटन, संस्था दर्ताको घोषणा, सम्मान कार्यक्रम (पदाधिकारी र सहयोगी हरुलाइ), पुरस्कार बितरण (निबन्ध लेखन प्रतियोगिता र कबिता प्रतियोगिता), रचना बाचन श्रवन र पूर्वान्चल डान्स क्लब (PDC) को प्रस्तुतीहरु प्रस्तुत गरेको थियो । दोस्रो कार्यसमितिको बैठकबाट पारीत भएर २०७४ माघ ७ गते दोस्रो वार्षिक साधारण सभा र विविध कार्यक्रमहरू आयोजना गर्ने निर्णय गर्यौ । सोही बैठकबाट ३ सदस्यीय इ.सा.स. निर्वाचन समिति गठन समेत गरियो जुन समितिमा निर्वाचन संयोजकको रूपमा इ.सा.स. दोस्रो कार्यसमितिका सल्लाहकार दिलिप पाण्डे र निर्वाचन समिति सदस्यको रूपमा इ.सा.स. दोस्रो कार्यसमितिका सल्लाहकार साजन कोइराला र अङ्कुरण प्रकाशन समितिका सक्रिय सदस्य तथा शुभचिन्तक अर्जुन खड्का हुनुहुन्थ्यो । उहाहरूले विधान अनुरूप एक हप्ता पहिले नै निर्वाचन निर्देशिका र निर्वाचन कार्यतालिका प्रकाशन गरेर सोही अनुसार नै निर्वाचन सम्पन्न गरेर संस्थाको तेस्रो कार्यसमिति लगायत विभिन्न उपसमिति पुस्तकालय संचलान समिति र भित्तेपत्रिका संचालन समिति गठन गर्नु भएको थियो । साधरण सभाको सर्बसहमत बाट गठीत तेस्रो कार्यसमितिको अध्यक्षमा मिथुन कुवँर, उपाध्यक्षमा सुमित अर्याल, सचिवमा अभिषेक बुढाथोकी, सह-सचिवमा सुदिप बिष्ट, कोषध्यक्षमा सकुसल रेग्मी र सदस्यहरुमा अनुप पौडेल, आशुतोष पौडेल, प्रतिभा गौतम, समर कुवँर, आदर्श खतिवाडा र डिल्ली आचार्य हुनुहुन्छ ।
साथै उपसमितिहरु अन्तर्गत पुस्तकालय संचालन समितीमा संचालक प्रमुख अनुप पौडेल र सदस्यहरु रोहित सेन्चुरी र समर कुवर यस्तै गरी भित्तेपात्रो संचालन समितिमा संचालक प्रमुख आशुतोष पौडेल र सदस्यहरु गौतम सिंह भन्डारी र पसुपती गरेरी चुनिनु भएको छ ।
साधारण सभा माघ ७ गते बिहान सम्पन्न भएको थियो सोही सभाबाट वार्षिक कार्य प्रतिवेदन तथा आर्थिक विवरण पारित गरिएको थियो । साथै विगतका कार्यक्रियाकलापहरूको समिक्षा र भावि रणनीति तथा योजानाहरू पारित पनि गरियो । भने सोही दिन दिउँसो ११ बजेबाट क्याम्पसको वर पिपल चौतारीमा आयोजित खुल्ला कविता प्रतियोगिता–२०७४ र विविध कार्यक्रममा प्रा. डा. टंक प्रसाद न्यौपाने को प्रमुख आतिथ्यता थियो । उक्त कार्यक्रममा झापा, मोरङ, धनकुटा सुनसरी का विभिन्न बरिष्ठ साहित्यकारहरू, शिक्षकहरू, विभिन्न संस्थाहरूका प्रतिनिधिहरूको अतिथ्यता थियो भने सयौ साहित्य प्रेमी मनहरू, विद्यार्थीहरूको उपस्थिति साथै झापा, मोरङ, धनकुटा र सुनसरीका १५ जना प्रतियोगी कवि कवयित्रीहरूको सहभागीता समेत थियो ।
खुल्ला कविता प्रतियोगितमा १५ जना खूल्ला प्रतियोगी मध्येबाट प्रथम, द्वितीय र तृतीय क्रमशः अच्युत आचार्य (महेन्द्र क्याम्पस, धरान), सुदिप बिष्ट(सिभिल इन्जिनियरिङ ०७४ ब्याच,ERC) र प्रतिभा गौतम (सिभिल इन्जिनियरिङ ०७३ ब्याच ,ERC) हुनुभएको थियो । जसको निर्णायक मण्डलमा बरिष्ठ कवि बद्री भिखारी, प्रा. भवानी सङ्कर भट्टराइ र कवि तथा गजलकार श्रेष्ठ परिक्रमा हुनुहुन्थ्यो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिहरू र बिशेष अतिथीहरूबाट इ.सा.स.को पुस्तकालयमा अङ्कुरण पुस्तक राखेर इ.सा.स. पुस्तकालय को उदघाटन गरेका थियौ ।
साथै संस्थालाई जिल्ला प्रशासन कार्यालय सुनसरीमा मिति २०७४ माघ ३ गते दर्ता गर्न सफल भएका थियौ । सो को औपचारिक घोषणा पनि सोही समारोहबाटै गरिएको थियो ।
पुरानो कमिटीको विघटन, नयाँ कमिटीको गठनको घोषणा तथा सपथ ग्रहण नयाँ पदाधिकारीहरूलाई स्वागत र पुराना पदाधिकारीहरूलाई सम्मान पनि यही कार्यक्रमबाटै गरिएको थियो ।
यस्तै पदाधीकारी सम्मान कार्यक्रम अन्तर्गत प्रथम वर्षमा अध्ययनरत पदाधिकारी मध्येमा अति सक्रिय सहयोग पुर्याएकोमा अभिषेक बुढाथोकीलाई अझ हौसला बढाउनका लागी सम्मान स्वरूप एउटा इ.सा.स. को टिसर्ट दिएका थियौ ।
उक्त कार्यक्रममा खुल्ला निबन्ध प्रतियोगीता र खुल्ला कविता प्रतियोगिताका बिजेता प्रतियोगीहरूलाई पुरस्कृत साथै सहयोगी हातहरूलाई सम्मान समेत गरेका थियौ ।

कार्यक्रमलाई सभ्य भव्य रूपमा सफल पार्नका लागी नेपाल विद्यार्थी संघ (स्वयमसेवकहरू उपलब्ध गराएर साथै आर्थिक सहयोग गरेर), स्वतन्त्र विद्यार्थी युनियन (चियाको प्रायोजन, प्रीन्टिङ तथा अन्य सहयोगहरू), सरोज अधिकारी, हसरथ अलि, उद्धव श्रेष्ठ, अलङ्कार काफ्ले सर लगायत अन्य विभिन्न व्यक्ति, संघसंथाहरूको बिशेष सहयोग रहेको थियो ।  


'सम्बन्धहरु'


कति सम्बन्धहरु जन्म अगावै जन्मन्छन् 

कति सम्बन्धहरु मृत्युु अगावै मर्ने गर्छन्
कति सम्बन्धहरु घरको चुलो चौको भित्र बन्धी हुन्छन त
कति सम्बन्धहरु धमिलो पानीको माछा जस्तै
सम्झनाका आहालमा पौडिने गर्छन् ।
कति सम्बन्धहरु 

कति सम्बन्धहरु जो जन्मिदैनन् जन्माइन्छन्
कति सम्बन्धहरु जो मर्दैनन् मारिन्छन्
सम्बन्धका हत्याकाण्डहरु बडो रहस्यमय छन्
यहाँ सम्बन्धका गाठाहरु
चुडिनलाई गासिन्छन्
गासिनलाई चुडिन्छन् 
बडो कच्चा धागाहरुका लट्टाई
कसैका सफलताका चङ्गाहरु उडाई रहेछन् 

कति सम्बन्धहरु आमाका कोखबाट जन्मिएर
निष्ठुरी वृद्धआश्रमका ढोकामा पुगेर बेपत्ता हुन्छन् 
कति सम्बन्धहरु बाबाका छातिहरुमा हुर्किएर
लहरे खोकीका ओखतिका अभावमा 
अस्पताल  नपुग्दै टुङ्गिन्छन्
कति सम्बन्धहरु आमाका एकै थुनमा जन्मिएर
मीठो मसिनो  एकै थालमा हुर्किएर
पराई घरको एक धर्सो सिमानाले फक्लक्कै बाडिन्छन्
कुनै सम्बन्धहरु बाबुका दुई पाखुरीमा झुन्डिएर 
दुई गोजी गुच्चासग हुर्किएर
गैरी खेत सिम खेत जसरी नै टुक्रिन्छन्
बाजे बराजुले वन जङ्गलसग खोसेका  जमिनका नाममा
अनि कुनै सम्बन्धहरु
जुन मात्र चाडपर्वमा दुईगेडा अक्षतामा टासिएका हुन्छन् 
अनि केही सस्ता सम्बन्धहरु
जुन मात्र साइनोमा सिमित हुन्छन् ।


कुनै यस्ता सम्बन्धहरु
जो फेसबुकका हेलोबाट सुरु भएर 
त्यहि हलोको प्रतिउत्तरको आशमा जिवित हुन्छन् त 
कोहि यस्ता सम्बन्धहरु
जो फेसबुकै हलोबाट सुरु भएर 
कुनै लजका बिछ्यौनामा हरेक बिहान ब्लक हुन्छन्
अनि केही यस्ता सम्बन्धहरु 
जो आखाको बाटो हुँदै मुटुमा गएर रोपिन्छन् 
अनि अन्यासै स्वार्थी दुनियामा 
कायरको उपनाम जन्माउदै झुण्डिन्छन् डोरीहरुमा 
केही यस्ता सम्बन्धहरु ।


कति सम्बन्धहरु
जुन त्रिभुवन बिमानस्थलमा पत्नीका गाजल बगाउने गर्छन
कुनै सम्बन्धहरु जो
बैदेशिक रोजगारका बिज्ञापनले भरिभराउ
पत्रिकामा पतिको षाचबर्षे प्रदेशी पसिना प‍ोकोपारेर
पराई सग भागेको  समाचारसगै टुङ्गिन्छन्
कुनै सम्बन्धहरु कालो पाटीमा 
सेतो खरिले लेख्ने  सेतै फुलेको मानिसले 
लगाएको लौरोसग टुङ्गिए जस्तो लागेनि
सफलताको सगरमाथा पुगेर हेर्दा कति गाढा लाग्छन् 
कुनै सम्बन्धहरु 
साथीको भनाभनमा टुङ्गिए जस्तो लागेनी
तिमीलाई हेप्ने कसैको मुखमा उसको मुक्का पर्दा 
कति प्रगाढ भएर आउछन् 

अनि कुनै सम्बन्धहरु
हरेक प्रमदिवसमा 
सेतो चिहानमा रातो गुलाब राखेर फर्किने गर्छन् 
अनि यस्ता सम्बन्धहरु 
जो हरेकदिन
आफ्नो मृत पतिका नाममा 
बाटो बिराएको खोलाो बगर जस्तो सिउदो साचेर बस्छन् 
केही यस्ता सम्बन्धहरु ।

सम्बन्धहरु
अन्धकार चिर्न हरेक विहान झर्ने तारा जस्ता 
सहिद र देशका सम्बन्धहरु
प्रशव पीडा सहि आफ्नो शरीर च्यातेर 
मुसुक्क हास्दै सन्सार देखाउने 
आमा र बच्चाका सम्बन्धहरु 
कहिले नभेटेनि 
आफू अस्ताएर अरुलाई उदाउन दिने
 घाम र जुन जस्ता सम्बन्धहरु
सन्सारका कटु सत्य जानेर नि 
कहिले नछुटेका कहिले नटुटेका 
जन्म मृत्यु जस्ता सम्बन्धहरु।

दुई छुट्टाछुट्टै धागो बाध्ने 
गाठा जस्ता सम्बन्धहरु 
सम्झि हेरौ त 
दुई धागा गास्ने गाठा कहिले चुडिदैनन् 
सम्बन्धहरु कहिले छुट्दैनन् कहिले टुक्रिदैनन् 
टुक्रिने हामी मानिसहरु हौ ।


-सुदिप बिस्ट
हाल पुर्वान्चल इन्जिनियरिङ क्याम्पसमा 
सिभिल ०७४ ब्याच

प्रतियोगी नम्बर - ०७-नानुमाया काफ्ले
इलेक्ट्रोनिक्स इन्जिनियरीङ ०७२ ब्याच

Author Name

{picture#YOUR_PROFILE_PICTURE_URL} YOUR_PROFILE_DESCRIPTION {facebook#YOUR_SOCIAL_PROFILE_URL} {twitter#YOUR_SOCIAL_PROFILE_URL} {google#YOUR_SOCIAL_PROFILE_URL} {pinterest#YOUR_SOCIAL_PROFILE_URL} {youtube#YOUR_SOCIAL_PROFILE_URL} {instagram#YOUR_SOCIAL_PROFILE_URL}
manualslide

Contact Form

Name

Email *

Message *

Powered by Blogger.