वार्षिक साधारण सभा र विविध कार्यक्रमहरू - २०७४

 वार्षिक साधारण सभा र विविध कार्यक्रमहरू


मिति २०७४ माघ ७ गते इन्जिनियरिङ साहित्यिक समाज (इ.सा.स,धरान) ले आफ्नो दोस्रो वार्षिक साधरण सभाको अवसरमा नयाँ कार्यसमितिको गठन, खुल्ला कविता प्रतियोगिता, इ.सा.स. पुस्तकालयको उदघाटन, संस्था दर्ताको घोषणा, सम्मान कार्यक्रम (पदाधिकारी र सहयोगी हरुलाइ), पुरस्कार बितरण (निबन्ध लेखन प्रतियोगिता र कबिता प्रतियोगिता), रचना बाचन श्रवन र पूर्वान्चल डान्स क्लब (PDC) को प्रस्तुतीहरु प्रस्तुत गरेको थियो । दोस्रो कार्यसमितिको बैठकबाट पारीत भएर २०७४ माघ ७ गते दोस्रो वार्षिक साधारण सभा र विविध कार्यक्रमहरू आयोजना गर्ने निर्णय गर्यौ । सोही बैठकबाट ३ सदस्यीय इ.सा.स. निर्वाचन समिति गठन समेत गरियो जुन समितिमा निर्वाचन संयोजकको रूपमा इ.सा.स. दोस्रो कार्यसमितिका सल्लाहकार दिलिप पाण्डे र निर्वाचन समिति सदस्यको रूपमा इ.सा.स. दोस्रो कार्यसमितिका सल्लाहकार साजन कोइराला र अङ्कुरण प्रकाशन समितिका सक्रिय सदस्य तथा शुभचिन्तक अर्जुन खड्का हुनुहुन्थ्यो । उहाहरूले विधान अनुरूप एक हप्ता पहिले नै निर्वाचन निर्देशिका र निर्वाचन कार्यतालिका प्रकाशन गरेर सोही अनुसार नै निर्वाचन सम्पन्न गरेर संस्थाको तेस्रो कार्यसमिति लगायत विभिन्न उपसमिति पुस्तकालय संचलान समिति र भित्तेपत्रिका संचालन समिति गठन गर्नु भएको थियो । साधरण सभाको सर्बसहमत बाट गठीत तेस्रो कार्यसमितिको अध्यक्षमा मिथुन कुवँर, उपाध्यक्षमा सुमित अर्याल, सचिवमा अभिषेक बुढाथोकी, सह-सचिवमा सुदिप बिष्ट, कोषध्यक्षमा सकुसल रेग्मी र सदस्यहरुमा अनुप पौडेल, आशुतोष पौडेल, प्रतिभा गौतम, समर कुवँर, आदर्श खतिवाडा र डिल्ली आचार्य हुनुहुन्छ ।
साथै उपसमितिहरु अन्तर्गत पुस्तकालय संचालन समितीमा संचालक प्रमुख अनुप पौडेल र सदस्यहरु रोहित सेन्चुरी र समर कुवर यस्तै गरी भित्तेपात्रो संचालन समितिमा संचालक प्रमुख आशुतोष पौडेल र सदस्यहरु गौतम सिंह भन्डारी र पसुपती गरेरी चुनिनु भएको छ ।
साधारण सभा माघ ७ गते बिहान सम्पन्न भएको थियो सोही सभाबाट वार्षिक कार्य प्रतिवेदन तथा आर्थिक विवरण पारित गरिएको थियो । साथै विगतका कार्यक्रियाकलापहरूको समिक्षा र भावि रणनीति तथा योजानाहरू पारित पनि गरियो । भने सोही दिन दिउँसो ११ बजेबाट क्याम्पसको वर पिपल चौतारीमा आयोजित खुल्ला कविता प्रतियोगिता–२०७४ र विविध कार्यक्रममा प्रा. डा. टंक प्रसाद न्यौपाने को प्रमुख आतिथ्यता थियो । उक्त कार्यक्रममा झापा, मोरङ, धनकुटा सुनसरी का विभिन्न बरिष्ठ साहित्यकारहरू, शिक्षकहरू, विभिन्न संस्थाहरूका प्रतिनिधिहरूको अतिथ्यता थियो भने सयौ साहित्य प्रेमी मनहरू, विद्यार्थीहरूको उपस्थिति साथै झापा, मोरङ, धनकुटा र सुनसरीका १५ जना प्रतियोगी कवि कवयित्रीहरूको सहभागीता समेत थियो ।
खुल्ला कविता प्रतियोगितमा १५ जना खूल्ला प्रतियोगी मध्येबाट प्रथम, द्वितीय र तृतीय क्रमशः अच्युत आचार्य (महेन्द्र क्याम्पस, धरान), सुदिप बिष्ट(सिभिल इन्जिनियरिङ ०७४ ब्याच,ERC) र प्रतिभा गौतम (सिभिल इन्जिनियरिङ ०७३ ब्याच ,ERC) हुनुभएको थियो । जसको निर्णायक मण्डलमा बरिष्ठ कवि बद्री भिखारी, प्रा. भवानी सङ्कर भट्टराइ र कवि तथा गजलकार श्रेष्ठ परिक्रमा हुनुहुन्थ्यो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिहरू र बिशेष अतिथीहरूबाट इ.सा.स.को पुस्तकालयमा अङ्कुरण पुस्तक राखेर इ.सा.स. पुस्तकालय को उदघाटन गरेका थियौ ।
साथै संस्थालाई जिल्ला प्रशासन कार्यालय सुनसरीमा मिति २०७४ माघ ३ गते दर्ता गर्न सफल भएका थियौ । सो को औपचारिक घोषणा पनि सोही समारोहबाटै गरिएको थियो ।
पुरानो कमिटीको विघटन, नयाँ कमिटीको गठनको घोषणा तथा सपथ ग्रहण नयाँ पदाधिकारीहरूलाई स्वागत र पुराना पदाधिकारीहरूलाई सम्मान पनि यही कार्यक्रमबाटै गरिएको थियो ।
यस्तै पदाधीकारी सम्मान कार्यक्रम अन्तर्गत प्रथम वर्षमा अध्ययनरत पदाधिकारी मध्येमा अति सक्रिय सहयोग पुर्याएकोमा अभिषेक बुढाथोकीलाई अझ हौसला बढाउनका लागी सम्मान स्वरूप एउटा इ.सा.स. को टिसर्ट दिएका थियौ ।
उक्त कार्यक्रममा खुल्ला निबन्ध प्रतियोगीता र खुल्ला कविता प्रतियोगिताका बिजेता प्रतियोगीहरूलाई पुरस्कृत साथै सहयोगी हातहरूलाई सम्मान समेत गरेका थियौ ।

कार्यक्रमलाई सभ्य भव्य रूपमा सफल पार्नका लागी नेपाल विद्यार्थी संघ (स्वयमसेवकहरू उपलब्ध गराएर साथै आर्थिक सहयोग गरेर), स्वतन्त्र विद्यार्थी युनियन (चियाको प्रायोजन, प्रीन्टिङ तथा अन्य सहयोगहरू), सरोज अधिकारी, हसरथ अलि, उद्धव श्रेष्ठ, अलङ्कार काफ्ले सर लगायत अन्य विभिन्न व्यक्ति, संघसंथाहरूको बिशेष सहयोग रहेको थियो ।  

Post a Comment

Comment

[blogger][facebook]

Author Name

{picture#YOUR_PROFILE_PICTURE_URL} YOUR_PROFILE_DESCRIPTION {facebook#YOUR_SOCIAL_PROFILE_URL} {twitter#YOUR_SOCIAL_PROFILE_URL} {google#YOUR_SOCIAL_PROFILE_URL} {pinterest#YOUR_SOCIAL_PROFILE_URL} {youtube#YOUR_SOCIAL_PROFILE_URL} {instagram#YOUR_SOCIAL_PROFILE_URL}
manualslide

Contact Form

Name

Email *

Message *

Powered by Blogger.