कविता ~ 'सम्बन्धहरु' - सुदिप बिष्ट


'सम्बन्धहरु'


कति सम्बन्धहरु जन्म अगावै जन्मन्छन् 

कति सम्बन्धहरु मृत्युु अगावै मर्ने गर्छन्
कति सम्बन्धहरु घरको चुलो चौको भित्र बन्धी हुन्छन त
कति सम्बन्धहरु धमिलो पानीको माछा जस्तै
सम्झनाका आहालमा पौडिने गर्छन् ।
कति सम्बन्धहरु 

कति सम्बन्धहरु जो जन्मिदैनन् जन्माइन्छन्
कति सम्बन्धहरु जो मर्दैनन् मारिन्छन्
सम्बन्धका हत्याकाण्डहरु बडो रहस्यमय छन्
यहाँ सम्बन्धका गाठाहरु
चुडिनलाई गासिन्छन्
गासिनलाई चुडिन्छन् 
बडो कच्चा धागाहरुका लट्टाई
कसैका सफलताका चङ्गाहरु उडाई रहेछन् 

कति सम्बन्धहरु आमाका कोखबाट जन्मिएर
निष्ठुरी वृद्धआश्रमका ढोकामा पुगेर बेपत्ता हुन्छन् 
कति सम्बन्धहरु बाबाका छातिहरुमा हुर्किएर
लहरे खोकीका ओखतिका अभावमा 
अस्पताल  नपुग्दै टुङ्गिन्छन्
कति सम्बन्धहरु आमाका एकै थुनमा जन्मिएर
मीठो मसिनो  एकै थालमा हुर्किएर
पराई घरको एक धर्सो सिमानाले फक्लक्कै बाडिन्छन्
कुनै सम्बन्धहरु बाबुका दुई पाखुरीमा झुन्डिएर 
दुई गोजी गुच्चासग हुर्किएर
गैरी खेत सिम खेत जसरी नै टुक्रिन्छन्
बाजे बराजुले वन जङ्गलसग खोसेका  जमिनका नाममा
अनि कुनै सम्बन्धहरु
जुन मात्र चाडपर्वमा दुईगेडा अक्षतामा टासिएका हुन्छन् 
अनि केही सस्ता सम्बन्धहरु
जुन मात्र साइनोमा सिमित हुन्छन् ।


कुनै यस्ता सम्बन्धहरु
जो फेसबुकका हेलोबाट सुरु भएर 
त्यहि हलोको प्रतिउत्तरको आशमा जिवित हुन्छन् त 
कोहि यस्ता सम्बन्धहरु
जो फेसबुकै हलोबाट सुरु भएर 
कुनै लजका बिछ्यौनामा हरेक बिहान ब्लक हुन्छन्
अनि केही यस्ता सम्बन्धहरु 
जो आखाको बाटो हुँदै मुटुमा गएर रोपिन्छन् 
अनि अन्यासै स्वार्थी दुनियामा 
कायरको उपनाम जन्माउदै झुण्डिन्छन् डोरीहरुमा 
केही यस्ता सम्बन्धहरु ।


कति सम्बन्धहरु
जुन त्रिभुवन बिमानस्थलमा पत्नीका गाजल बगाउने गर्छन
कुनै सम्बन्धहरु जो
बैदेशिक रोजगारका बिज्ञापनले भरिभराउ
पत्रिकामा पतिको षाचबर्षे प्रदेशी पसिना प‍ोकोपारेर
पराई सग भागेको  समाचारसगै टुङ्गिन्छन्
कुनै सम्बन्धहरु कालो पाटीमा 
सेतो खरिले लेख्ने  सेतै फुलेको मानिसले 
लगाएको लौरोसग टुङ्गिए जस्तो लागेनि
सफलताको सगरमाथा पुगेर हेर्दा कति गाढा लाग्छन् 
कुनै सम्बन्धहरु 
साथीको भनाभनमा टुङ्गिए जस्तो लागेनी
तिमीलाई हेप्ने कसैको मुखमा उसको मुक्का पर्दा 
कति प्रगाढ भएर आउछन् 

अनि कुनै सम्बन्धहरु
हरेक प्रमदिवसमा 
सेतो चिहानमा रातो गुलाब राखेर फर्किने गर्छन् 
अनि यस्ता सम्बन्धहरु 
जो हरेकदिन
आफ्नो मृत पतिका नाममा 
बाटो बिराएको खोलाो बगर जस्तो सिउदो साचेर बस्छन् 
केही यस्ता सम्बन्धहरु ।

सम्बन्धहरु
अन्धकार चिर्न हरेक विहान झर्ने तारा जस्ता 
सहिद र देशका सम्बन्धहरु
प्रशव पीडा सहि आफ्नो शरीर च्यातेर 
मुसुक्क हास्दै सन्सार देखाउने 
आमा र बच्चाका सम्बन्धहरु 
कहिले नभेटेनि 
आफू अस्ताएर अरुलाई उदाउन दिने
 घाम र जुन जस्ता सम्बन्धहरु
सन्सारका कटु सत्य जानेर नि 
कहिले नछुटेका कहिले नटुटेका 
जन्म मृत्यु जस्ता सम्बन्धहरु।

दुई छुट्टाछुट्टै धागो बाध्ने 
गाठा जस्ता सम्बन्धहरु 
सम्झि हेरौ त 
दुई धागा गास्ने गाठा कहिले चुडिदैनन् 
सम्बन्धहरु कहिले छुट्दैनन् कहिले टुक्रिदैनन् 
टुक्रिने हामी मानिसहरु हौ ।


-सुदिप बिस्ट
हाल पुर्वान्चल इन्जिनियरिङ क्याम्पसमा 
सिभिल ०७४ ब्याच

Post a Comment

Comment

[blogger][facebook]

Author Name

{picture#YOUR_PROFILE_PICTURE_URL} YOUR_PROFILE_DESCRIPTION {facebook#YOUR_SOCIAL_PROFILE_URL} {twitter#YOUR_SOCIAL_PROFILE_URL} {google#YOUR_SOCIAL_PROFILE_URL} {pinterest#YOUR_SOCIAL_PROFILE_URL} {youtube#YOUR_SOCIAL_PROFILE_URL} {instagram#YOUR_SOCIAL_PROFILE_URL}
manualslide

Contact Form

Name

Email *

Message *

Powered by Blogger.