मन मुटूमा सजाएकै फुल्ले बिगार्नेछ!!
गर्दा पनि मज्जा आउने भुल्ले बिगार्नेछ!!


टिक्न देउ खुट्टा तिम्रो किन डुल्छ्यौ धेरै,
एकदिन पक्कै तिम्लाई तिम्रो चुलबुल्ले बिगार्नेछ!!


जस्को नजिक पर्छ्यौ उस्ले प्यारी बनाउने,
क्षण भरका प्रेमीहरुकै पुलपुल्ले बिगार्नेछ!!


मेरो जति प्यार दिन सक्दैन कोही तिम्लाई,
मेरा ती सब यादहरुकै हुल्ले बिगार्नेछ!!


©दिलिप पाण्डे (असान्त सागर)
20160708121657.jpg