मिथुन कुवँर – BCE 072 batch
अझै कति ढलीरहनु पर्ने हो धरहराहरु ?
खै किन खाली छैनन् कुनै कठघराहरु ?

मलाई पो आमाले भोटो किन्दिनु भएको छ ,
खै कसरी ठन्डी काट्छन् बाटोका बिचराहरू ?

पक्कै पनि मर्द मुगलान पसेको हुनु पर्छ ,
त्यसैले त ओईलाएका छन् यी अप्सराहरु ।

हर दिन बालबालिकाहरु एबीसीडी गाईरहन्छन्
कहाँ सुनिन्छ अाजभोली तोते बोलीमा कखराहरु ।

यी फुलेका फुल सबै तिम्रालागि पनि त होइनन्
किन यति बदमाश भएका सारा भमराहरु ?

एउटा बूढो शरीरले पाखा नियालिरहेछ
सुनौला हुन्थे कुनै जमानामा यी गराहरु ।