नेपालमा इन्जिनियरिङ अध्ययनको अवस्था – अर्जुन खड्का

नेपालमा इन्जिनियरिङ अध्ययनको अवस्था – अर्जुन खड्का

 नेपालमा इन्जिनियरिङ अध्ययनको अवस्था

–अर्जुन खड्का (BEX 071 ERC)

समग्र्र्र्र्र्र्र रुपमा देशको  भाग्य र भविष्य कस्तो बनाउने भन्ने कुरा यस देशको शिक्षा नीतिमा विशेष भर पर्दछ । नेपाली शिक्षा पद्धतिको विषयमा विभिन्न कोणबाट गहन छलफल तथा विचार विर्मशहरु भएका छन् जसअनुरुप  जीवन उपयोगी, सिपमुलक र प्राविधीक शिक्षाको क्रमिक विकास हुदैँ आएको छ । खोज अनुसन्धान र नविनतम प्रयोगका क्षेत्रमा विश्वले फराकीलो फड्को मारीरहेको अवस्थामा प्राविधिक शिक्षाको विशेष महत्व रहेको छ । यसैले राष्ट्रिय आवश्यकता अनुरुप दक्ष जनशक्ति प्राविधिक उत्पादन गर्ने इन्जिनियरिङ शिक्षा आजको आधारभुत शिक्षा  हो ।

सामान्यतया इन्जिनियरिङ शिक्षा भन्नासाथ  आम मनिसहरुमा यो  खर्चिलो, महङ्गो र उच्च स्तरको शिक्षा हो भन्ने  बुझाइ रहेको छ । खोज अनुसन्धान र प्रयोगात्मक पद्धतिमा आधारित  भइ अध्ययन हुने इन्जिनियरिङ शिक्षा  विशेषत अन्य शिक्षा भन्दा तुलानात्मक रुपमा महंगो  हुने गरेको छ । नेपालमा इन्जिनियरिङ अध्ययनको सुरुवात कहिलेबाट भयो भन्ने एकिन तथ्य नभएता पनि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान  (IOE)
ले औपचारिक रुपमा २०२९ सालबाट राष्ट्रिय आवश्यकतालाई महसुस गर्दै मध्यम तथा उच्च  तहका इन्जिनियरिङ जनशक्ति ओभरसियर  उत्पादन गरी , विभिन्न तहका जनशक्तिलाइ क्षमता अभिवृद्धी गराइ आधुनिक इन्जिनियरिङ शिक्षाको ढोका खोलेको थियो । त्रिभुवन विश्वविद्यालयको मातहतमा रहेको इन्जिनियरिङ अध्ययन संस्थानले देशमा इन्जिनियरिङ उत्पादनको क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । हाल नेपालमा इन्जिनियरिङ अध्ययन संस्थानका ४ ओटा आङ्गिक क्याम्पस रहेका छन । जसमध्ये केन्द्रिय  क्याम्पस पुल्चोक , थापाथली क्याम्पस काठमाडौँ , पूर्वाञ्चल क्याम्पस धरान र पश्चिमाञ्चल क्याम्पस पोखरा रहेका छन । स्थापना कालदेखि नै इन्जिनियरिङ र प्राविधिक जनशक्तिका रुपमा लिइने ओभरसियर  ( Diploma in Engineering )
 का विभिन्न विभागहरुमा अध्ययन हुने उक्त आङ्गिक क्याम्पसबाट  २०६९ साल देखि ओभरसियर ( Diploma in Engineering ) का सम्पुर्ण विभागहरु बन्द गरी  पूर्ण इन्जिनियरिङ (Bachelor in Engineering) क्याम्पस बनाइएको छ । हाल आएर नेपालमा ओभरसियर (डिप्लोमा) को अध्ययन प्राविधिक शिक्षा तथा व्यावसाहिक तालिम परिषद्  बाट हुने गरेको छ । यसरी देशमा आवश्यक पर्ने दक्ष जनशक्ति इन्जिनियरिङ उत्पादनको क्षेत्रमा निजि संस्था र विश्वविद्यालयहरुको पनि अमूल्य योगदान रहेको छ ।

इन्जिनियरिङ अध्ययनमा कुनै  जात, धर्म, भाषा र संकृतिको आधारमा नभइ योग्यता, क्षमता र स्वच्छ प्रतिस्पर्धाका आधारमा नेपाली जनताका छोराछोरीले सहज र सबैभन्दा सस्तो र सुलभ मूल्यमा अध्ययन गर्न पाउने इन्जिनियरिङ अध्ययन संस्थान   (IOE) का  आङ्गिक क्याम्पसबाट वार्षिक रुपमा करिब १३०० जना इन्जिनियरहरु उत्पादन हुने गरेका छन् । आङ्गिक क्याम्पसले मात्र इन्जिनियरिङ अध्ययनको आवश्यकता पुरा गर्न नसक्ने भएकाले त्रि.वि. बाट सम्वन्धन प्राप्त (TU Affiliated) इन्जिनियरिङ क्याम्पसको सङ्ख्या हाल सम्म १२ पुगेको छ । जसबाट समेत गरी बार्षिक रुपमा करिब ३५०० को हाराहारीमा इन्जिनियर उत्पादन हुन्छन् । साथै पूर्वाञ्चल विश्वविद्यालय, काठमाडाँै विश्वविद्यालय, पोखरा विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पनि वार्षिक करिब ५ हजार इन्जिनियर उत्पादन गर्ने गरेका छन । समग्रमा यो तथ्याङ्कका आधारमा नेपालमा प्रतिवर्ष करिव १० हजार विद्यार्थीले विभिन्न विभागवाट आफ्नो  इन्जिनियरिङ  अध्ययन पुरा  गर्ने गर्दछन ।

भौतिक विज्ञानले प्रतिपादन गरेका नियम र सिद्धान्तहरुलाई व्यावहारीक जीवनम प्रस्तुत गर्ने शिक्षा पद्धति नै इन्जिनियरिङ शिक्षा हो । मानिसको जीवनयापनको शैलीलाई सहज र समृद्ध बनाउन इन्जिनियरिङको ठुलो भुमिका रहेको छ । विशेषगरि नेपालमा अध्ययन हुने इन्जिनियरिङका विषयहरु  Civil, Computer,  Electronics And Communication, Electrical, Mechanical, Agricultural, Architectural, Industrial, Automobile आदि रहेका छन् । नेपाल उत्पादन र औद्योगिक विकासको हिसाबले कमजोर मुलक भएकोले यहाँ उत्पादन भएका इन्जिनियरहरुले स्वदेशमा बसेर आफ्नो दक्षता प्रस्तुत गरि स्वरोजगार बन्न  नसकिरहेको अवस्था छ । देशमा उत्पादन भएका दक्ष जनशक्ति विदेशिनु पर्ने अवस्थाले देशको भौतिक विकास, संरचनाहरुको निर्माण ,प्रविधिको विश्वव्यापीकरण, कृषिमा आधुनिकरण र औधोगिक विकास जस्ता कुराहरुमा  प्रत्यक्ष प्रभाव पर्ने गरेको छ । 

नेपालका विश्वविद्यालयबाट मात्र होइन इन्जिनियरिङ अध्यायन गर्नको लागि देशबाहिर गएर अध्यन गर्ने नेपाली बिद्यार्थीको सङ्ख्या पनि  कम  छैन । बिशेष गरी इन्जिनियरिङ अध्ययन गर्न नेपाली बिद्यार्थीहरु भारत जाने गरेका छन । साथै नेपालको लागि भारतीय राजदुतावसले सहयोग स्वरुप बार्षिक ४० सिट छात्रावृतिको रुपमा उपलव्ध गराउने गरेको छ । सामान्यतया इन्जिनियरिङ अध्ययन गर्नको लागि उच्च मा.वि.  /+2 मा  science बाट उत्रिण भएको वा तीन वर्षे डिप्लोमा इन्जिनियरिङ (ओभरसियर) अध्ययन पुरा गरिसकेको हुनुपर्दछ । त्यसपश्चात आ–आफ्नो विश्वविद्यालयको निर्धारण  गरेको प्रवेश परीक्षामा  सामेल भइ प्राप्त नतिजाका आधारमा इन्जिनियरिङ अध्ययनको यात्रा सुरु हुने गर्दछ । बिशेष गरी इन्जिनियरिङ अध्ययन संस्थानको हकमा प्रवेश परिक्षाबाट प्राप्त नतिजा  (IOE Rank ) का आधारमा बिद्यार्थीहरुले चाहेको क्याम्पस र पढ्न चाहेको विभागमा भर्ना हुने स्पष्ट  व्यवस्था भएकाले यस संस्थालाइ नेपालकै निष्पक्ष र पवित्र इन्जिनियरिङ संस्थाको रुपमा लिइन्छ ।

विश्वबजारमा उत्पादन भएका इन्जिनियरहरुको तुलनामा नेपाली इन्जिनियरको स्तर भने कमजोर छैन यद्यपी पर्याप्त स्रोत साधन, प्रयोगशालाहरुको उचित व्यवस्थापन, आवश्यकता अनुरुप अनुसन्धान केन्द्रको स्थापना नहुनु जस्ता कारक तत्वहरु नेपाली इन्जिनियरिङ अध्ययन जगत्का काला बादलहरु हुन् ।  आगामी दिनमा इन्जिनियरिङ  क्षेत्रमा भएका यस्ता बादलहरु हटेर नेपालको विकासमा  स्वर्णिम सूर्य उदाउने कुरामा हामी आशावादी हुन सक्दछौ ।

यो अंकुरण वर्ष २०७४ मा प्रकाशित रचना हो ।

 

नेपालमा इन्जिनियरिङ अध्ययनको अवस्था – अर्जुन खड्का

नेपालमा इन्जिनियरिङ अध्ययनको अवस्था – अर्जुन खड्का

सामान्यतया इन्जिनियरिङ शिक्षा भन्नासाथ आम मनिसहरुमा यो खर्चिलो, महङ्गो र उच्च स्तरको शिक्षा हो भन्ने बुझाइ रहेको छ । – अर्जुन खड्का

Post a Comment

Comment

[blogger][facebook]

Author Name

{picture#YOUR_PROFILE_PICTURE_URL} YOUR_PROFILE_DESCRIPTION {facebook#YOUR_SOCIAL_PROFILE_URL} {twitter#YOUR_SOCIAL_PROFILE_URL} {google#YOUR_SOCIAL_PROFILE_URL} {pinterest#YOUR_SOCIAL_PROFILE_URL} {youtube#YOUR_SOCIAL_PROFILE_URL} {instagram#YOUR_SOCIAL_PROFILE_URL}
manualslide

Contact Form

Name

Email *

Message *

Powered by Blogger.