प्रेम पत्र प्रतियोगिता-२०७२ मा तृतिय हुन सफल प्रेमपत्र

image

यस इन्जिनियरिङ साहित्यिक समाज ले प्रेम दिवसको दिन राखेको 'प्रेमपत्र लेखन तथा वाचन प्रतियोगिता-२०७२' मा तृतिय हुन सफल एलिना रायमाझीको प्रेम पत्र यस प्रकार छ-
{ नोट:- उक्त प्रेम पत्र लेखकले अनुमति दिएपछी इ.सा.स का बरिष्ठ सम्पादकद्वारा टाइपिङ तथा सम्पादन गरेर प्रकाशन गरिएको छ, यसमा केही गल्ती पाउनु भयो भने हामीलाई सम्पर्क गर्नुहोला।
©प्रकाशन/सम्पादन सम्बन्धि सर्वाधिकार 'प्रकाशक/सम्पादक'मा र
©भाव तथा लेखाई प्रति सर्वाधिकार 'लेखक' मै निहित छ।
यसको कपि पेस्ट गर्न 'लेखक/प्रकाशक' को अनुमति लिनुहोला।}

प्रिय मायालु,
   प्रेममा परेपछि कलम पनि समाउन पनि मन लाग्दो रहेछ। यो मेरो पहिलो प्रेम पत्र मेरो मायालु तिमीलाई लेख्दै छु। तिमीलाई पनि थाहा नै छ, म कुनै साहित्यकार होइन। लेख्ने रुचि पनि धेरै छैन। तर मेरो मनमा थुप्रो कुराहरु छन्; भन्न सक्दिन तर भन्न चाहन्छु। मेरो प्रेम पत्रलाई मेरो बच्चापन नठान्नु ; यसलाई तिम्रो मनबाट स्वीकारी दिनु है।
तिमीलाई के ढाट्नु? सुरुमा देख्ने बित्तिकै तिमीलाई मन पराएकी पनि हैन। सुरुमा त तिमी पागल, अल्लरे थियौ नी; मेरो प्रेममा पागल। अहिले मलाई पनि पागलप्रेमी बनाइ सक्यौ। प्रेमको अर्थ तिमीले नै सिकायौ। म पनि कसैलाई यस्तो गहिरो माया गर्न थाल्छु भनेर सोचेकी पनि थिइन। प्रेममा पर्दा कति रमाइलो हुदो रहेछ। आफूलाई मन पराईदिने, आफ्नो वास्ता गरिदिने, आफ्नो सुख-दुखको ख्याल राखिदिने कोही व्यक्ति छ भन्ने आफूलाई एकप्रकारको न्यानो अनुभुति हुदो रहेछ । त्यो न्यानो अनुभुतिका लागी धन्यवाद। तिम्रो एकदम माया लाग्न थालेको छ। जतिबेला पनि टोलाएर बस्छु । तिम्रो कल्पनामा डुबेकी हुन्छु। आखा चिम्म पर्दा पनि तिम्रै तस्वीर मेरो सामु कोरिन्छ। भन्न त केही भन्दिन तिमीलाई तर तिमीसग प्रेममा परेदेखि म मा धेरै परिवर्तन भएको छ। म झन् बुझ्ने भएकी छु, प्रेमलाई बुझ्ने। सुरुमा त खुब बेवास्ता गरे तिमीलाई; कति चित्त दुखाए तिम्रो। तर म सही रहेछु। तिमी रिसाएर मबाट टाढा हुन पनि सक्थ्यौ नी । तर तिमी मलाई प्रेम गरिरयौ। यही कारण आज  म तिम्री भएकी छु। त्यी दिनहरुका लागी क्षमा माग्दछु।
पुराना घाउहरु कोट्याएर के बस्नु? अव हाम्रो सुनौला दिनहरु सुरु भइ सकेका छन्। माया, म तिमीलाई मैले आफ्नो संसार बनाई सकेकी छु। तिम्रो चाल, ढाल, रुप, रङ्ग, सबै प्रति म आकर्षित छु,  मेरो मन आकर्षित छ। लौ न! के गरेउ? तन्त्र, मन्त्र ले हो की? के ले हो? म तिमी प्रती यस्तो  मोहित भएकी। पक्कै पनि तिम्रो त्यो निस्वार्थ मनले होला। तिमी त कहिले काही सानो बाबु जस्तो लाग्छौ। सानो बालक जसको मुखमा साचो बोली र अनुहारमा सोझोपन हुन्छ। तिमीलाई देख्दा एउटा अर्कै प्रकारको रमाइलो महसुस हुन्छ, माया। तिमीले मलाइ हेर्दा म निहुरिन्छु; नभए त मेरो मुस्कानले मेरो मनको चञ्चलता बताई सक्छ। मोवाइलमा घण्टी बज्दा तिम्रै कल होस् जस्तो लाग्छ। म्यासेन्जर खोल्ने बित्तिकै तिमी अनलाईन भएको हौ जस्तो लाग्छ। बिहान उठ्ने बित्तिकै र राति सुत्नु अघि म तिमीलाई नै सम्झन्छु माया।
हो। म सानो सानो  कुरामा रिसाउछु, झगडा गर्छु, रुन्छु। तर माया, साच्चै भन्नु पर्दा यी त मेरा बाहाना मात्रै हुन्। तिमीले फकाउदा एकदम रमाइलो लाग्छ। तिमीले फकाउदा झन् धेरै माया गर्छौ कि जस्तो लाग्छ तर माया त जति बेला नी धेरै नै गर्छौ नी, है।
प्रेमकथा त थुप्रै पढेकी छु सुनेकी छु। तर म आफ्नो प्रेमकथा कसैसग दाज्न चाहन्न। जस्तो छ त्यसैमा एकदम सन्तुष्ट छु। माया, मैले तिमीसग जिन्दगी बिताउने सोची सकेकी छु। भन्न त लाज लाग्छ तर सपनीमा धेरै पल्ट बेहुलाको रुपमा तिमीलाई देखेकी छु र तिमीलाई मन पर्ने रातो रङ्गको सारी लगाएर बेहुलीको रुपमा आफूलाई तिम्रो छेउमा पाउछु। तिमीसग हुदा समय त्यही रोकिन्छ जस्तो लाग्छ। तिम्रो अङ्गालोमा हुदा सुरक्षित महसुस गर्छु म। माया, तिमी कहिले मबाट टाडा नजाउ, है? तिमी बिना बाच्न सक्दिन अब म।
म प्रेमपत्र मै त यति भावुक भइ सके, झन तिम्रो सामु आफ्ना भावना राख्नु परे त रुदै तिम्रो अङ्गालोमा परि सक्थे। अनि फेरी मेरो त बाहाना नै भनौ, तिमीले फकाउनु पर्थ्यो मलाई। तिमीले मलाई किन मन पराउन पुग्यौ थाहा छैन। म मा के देख्यौ, खै? तिमीले मलाई एकदम धेरै माया गर्छौ। तर म तिमीलाई त्यो भन्दा धेरै गर्न थालेकी छु। तिम्रो सबै दु:खलाई हाम्रो बनाएकी छु। तिमी दु:खी हुदा मेरो मन रुन्छ। तिमीलाई एकछिन देख्न नपाउदा म अत्तालिन्छु। तिमी हार्दा, मलाई पिर पर्छ। तिमी लड्दा मलाई दुख्छ। तिमी र म हामी भैसकेउ जस्तो लाग्छ।
माया, मैले यी कुराहरु पहिले भनेकी हैन अर्थात भन्ने मौका पाएकी छैन। मैले पहिले भनिसके म कुनै साहित्यकार हैन, मेरा शब्दहरू एकदम सरल छन्। तर म एक प्रेमी हो,  मेरा शब्दहरु सच्चा मनका हुन्। म वाचा गर्दछु जस्तो दु:ख सुखमा पनि तिम्रो साथ नछोड्ने। मेरो जीवन त मैले तिम्रो नाम गरिसके। आज प्रेम दिवसको मौका पारेर मैले आफू भित्र लुकेका कुराहरु तिम्रो सामु पस्केकी छु। आशा गर्दछु तिमीले यस प्रेम पत्र मार्फत मेरा मनमा गुम्सिएका भावनाहरुलाई बुझ्यौ होला। अव म तिम्रो प्रेम पत्रको प्रतिक्षामा रहने छु।
उही तिम्रो पागल प्रेमिका
©लेखक: एलिना रायमाझी (BAG II/I)

             पुर्वाञ्चल क्याम्पस, धरान
प्रकाशक/सम्पादक: इ.सा.स
Newer Post
This is the last post.

Post a Comment

Comment

[blogger][facebook]

Author Name

{picture#YOUR_PROFILE_PICTURE_URL} YOUR_PROFILE_DESCRIPTION {facebook#YOUR_SOCIAL_PROFILE_URL} {twitter#YOUR_SOCIAL_PROFILE_URL} {google#YOUR_SOCIAL_PROFILE_URL} {pinterest#YOUR_SOCIAL_PROFILE_URL} {youtube#YOUR_SOCIAL_PROFILE_URL} {instagram#YOUR_SOCIAL_PROFILE_URL}
manualslide

Contact Form

Name

Email *

Message *

Powered by Blogger.