इ.सा.स को परिचयात्मक प्रस्तुती

{प्रेम दिवसको अवसरमा राखिएको 'प्रेमपत्र लेखन तथा वाचन'मा दिइएको इ.सा.स परिचय र शुभकामना}
होउन  पुरा   मनका कुरा सबैका सपना।
जस्ता नै सुकै समस्या पनि गरेर सामना॥
नछुटोस् साथ मायाको हात जिन्दगी बितोस,
तपाईलाई प्रणय दिन को शुभकामना ॥४॥
{३२+३२+३३}
एउटा चरा आकाशमा उड्दै थियो। जब उसको चाल सुरु भयो तब विपरीत दिशाबाट एकदम ठुलो हावा चलिरहेको उसले थाहा पायो। उसले यताउती हेर्यो, छट्पटायो उसले आफूलाई साहारा दिने खालका केही चिज नै भेट्न सकेन। उ त्यस्तो वातावरणमा त्यो आधीसरी हावाको माझमा उडेर निश्चित समयमा लक्षित बिन्दुमा सफलतापूर्वक पुग्नका लागी उसले चमत्कारी नै देखाउनु नै पर्ने थियो अथवा सोझो भाषामा भन्नुपर्दा असम्भव नै थियो। त्यसैले उसले आफ्नो आखा बन्द गर्यो र नया परिवेश, नया वातावरण, नया संसारको नै कल्पना गर्न थाल्यो। उसले नया छुट्टै बिसाल संसारको रचना गर्न सफल भयो। त्यही संसारमा नै उसले स्वर्गमा भन्दा पनि बढी आनन्दको महसुस गर्न पायो। जब उसले आखा खोल्यो, 'पहिला भन्दा निकै नै ठुलो बतास चहिरहेको थियो।' तर उसले धेरै नै दुरी पार गरिसकेको थियो । उ आफै नै अचम्मित भयो "म कसरी त्यति धेरै दुरी पार गर्न सके" भनेर। उसले सोच्यो यदि "मैले मजस्ता मेरो जस्तै संसार मिल्ने साथीहरुको एउटा समूह बनाउन सके भने मजस्ता बेसाहारा चराहरुलाई साथ दिन सकिने थियो, अनि सबैले आफ्नो लक्ष्य चुम्न सफल हुन्थे।" भन्ने बिचारका कारण आज तपाईहरुको माझ 'इन्जिनियरिङ साहित्यिक समाज (इ.सा.स) स्थापीत हुन सकेको हो।
वास्तवमा सजिलै बुझ्ने तरिकाले भन्नुपर्दा 'यस क्याम्पसमा एक बर्ष छटपटाइसक्दा पनि (अरु क्याम्पसहरुमा जस्तो) मानवीय संवेदना प्रकट गर्ने खालका, मानिसहरुको सोचविचार, कल्पना, भावना तथा समग्र एउटा कलमको कदर हुने खालका केही चिज पनि भेट्न नसक्दा चार बर्षपछि एक कुशल, सामाजिक, मानवीय इन्जिनियर बन्ने कुनै आधार भेटिएन। त्यसैले जसलाई पनि शब्दजालमा फसाउन सक्ने, शब्दबाट नै धेरै कामहरु गर्न सक्ने, शब्दबाट नै समाज तथा समग्र देशको विकास अनि परिवर्तन गर्न सक्ने, शब्दहरुलाई प्राविधिक तरिकाले प्रयोग गरी ठुलाठुला क्रान्ति गर्न सक्ने, मानिसहरुलाई मानवीय भाव तथा सामाजिक सेवामा बहगाउन सक्ने, आफूभित्र आफैले ठुलो संसारको रचना गरि आत्मसम्मान गर्न सक्ने खालको मानवीय तथा सामाजिक सेवामा तत्पर, आत्मसंयमी इन्जिनियर बन्न र बनाउन यस इ.सा.स (इन्जिनियरिङ साहित्यिक समाज)को स्थापना तथा गठन यहि मिति २०७२ मङ्सिर २९ गते साहित्यप्रेमी मनहरुको सक्रियताबाट भएको हो।
जसको स्वरुपमा 'अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, बिशिष्ट सदस्यहरु, प्राबिधिक, साधारण सदस्यहरु र सल्लाहकार' रहेका छन्। जसको मुख्य समितिमा हाल २१ सदस्यहरु छन। । जसको साइज घटाएर १५ सदस्यीय बनाइनेछ। यसका साथसाथै यस इ.सा.स मा बृहत सर्जक तथा पाठक मन्च पनि छ। आवश्यक परे अन्य उपसमिति 'सम्पादन समिति, प्रचारप्रचार समिति' आदिको पनि गठन गरिनेछ।
यो इ.सा.स को उद्देश्य एउटा इन्जिनियरलाई कथा लेख्न सिकाउनु मात्र नभएर उसको भावना, सोचविचार, कल्पना, लेख रचना तथा उसको कलमलाई हौसला तथा सम्मान प्रदान गर्नु पनि हो। यति मात्र नभइ उसलाई समाज, देश र विश्वप्रति जिम्मेवार बनाई समाजमा उसलाई एक वास्तविक अपरिहार्य इन्जिनियरको रुपमा उभ्याउनु पनि हो। साहित्य र इन्जिनियरिङको अन्तरसम्बन्ध, इन्जिनियरिङमा साहित्यको महत्वको बारेमा सबैलाई जानकारी दिलाई यस क्षेत्रतर्फ आकर्षित गर्नु पनि यस संस्थाको एउटा उद्देश्य अन्तर्गत नै पर्दछ।
हाम्रो समाजको दर्ता गर्ने, विस्तार गर्ने, विस्तृत नियमहरु बनाउने, आयव्ययको सुव्यवस्था गर्ने, जस्ता महत्वपूर्ण कामहरु अझै नै बाकि छन्। हामीले यी कार्यहरु छिटै नै पुरा गरेर 'प्रत्येक महिनाको एउटा प्रतिस्पर्धात्मक कार्यक्रम, पाक्षिक अनलाईन प्रतियोगिता , मासिक हाते पत्रिका प्रकाशन, मासिक भित्ते पत्रिका प्रकाशन, पाक्षिक अनलाइन पत्रिका प्रकाशन,  मासिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम र दैनिक अनलाईन अपडेट' गर्ने सामान्य विचार रहेको छ।

तपाई पनि यदि यस समाजमा आवद्ध हुन चाहनुहुन्छ र यस समाजलाई अगाडी बढाउन चाहनुहुन्छ भने सदस्यता लिन सक्नुहुनेछ। हामीलाई तपाईहरुको न्यानो माया, साथ र सहयोगको आवश्यकता छ। तपाईले हामीहरुलाई हरेक पाइलापाइलामा सल्लाह, सुझाव दिन सक्नुहुनेछ। तपाई हामीसग निरन्तर अपडेट भइरहन हाम्रो समाज, हाम्रो फेसबुक पेज, फेसबुक गुरुप, टुइटर, यु-टिउभ, बल्ग, आदिमा क्रमस सम्पर्क, लाइक जोइन, फलो, सब्सक्राइब गर्न सक्नुहुनेछ।
इमेल/यु-टिउभ :- esas.dharan@gmail.com
फेसबुक:- esasdharan
टुइटर:- @esas.dharan
बल्ग:- http://www.esasdharan.wordpress.com/
प्रेम यो दिवस सभ्य बनाऔ।
आफ्नै स्तरमै भव्य मनाऔ॥
आफ्नो मन मिल्ने प्रेमी बनाइ,
दुवैको एउटै गन्तव्य बनाऔ॥४॥
© पौडेलपदमप्रसाद
प्राबिधिक, इ.सा.स
पूर्वाञ्चल क्याम्पस, धरान
Labels:

Post a Comment

Comment

[blogger][facebook]

Author Name

{picture#YOUR_PROFILE_PICTURE_URL} YOUR_PROFILE_DESCRIPTION {facebook#YOUR_SOCIAL_PROFILE_URL} {twitter#YOUR_SOCIAL_PROFILE_URL} {google#YOUR_SOCIAL_PROFILE_URL} {pinterest#YOUR_SOCIAL_PROFILE_URL} {youtube#YOUR_SOCIAL_PROFILE_URL} {instagram#YOUR_SOCIAL_PROFILE_URL}
manualslide

Contact Form

Name

Email *

Message *

Powered by Blogger.