Latest Post

प्रतियोगी नम्बर - ०७-नानुमाया काफ्ले
इलेक्ट्रोनिक्स इन्जिनियरीङ ०७२ ब्याच

इन्जिनियरिङ साहित्यिक समाजको बिधान–२०७३, परिच्छेद् ७, दफा १८ को अधिनमा रही निर्वाचन सम्बन्धी व्यवस्थाका लागी यो इ.सा.स. निर्वाचन निर्देशिका २०७४ लाई तर्जुमा गरिएको छ ।
इन्जिनियरिङ साहित्यिक समाजको बिधान–२०७३ को दफा १८
•१८. निर्वाचन सम्बन्धी व्यवस्था
क) कार्यसमिति एक बर्ष पुग्नु र बार्षिक साधारण सभा हुनुको एक महिना अगाडी निर्वाचन सम्बन्धि कार्य सम्पादन गर्नका लागी संस्थाको सदस्यभन्दा बाहिरबाट एकजना निर्वाचन संयोजक र निर्वाचनमा भाग नलिने प्रतिनिधि मध्येबाट दुइ जना गरी तीन सदस्यीय निर्वाचन समिति गठन गरिनेछ ।
ख). निर्वाचन समितिले निर्वाचन कार्य प्रयोजनका लागी छुट्टै निर्वाचन निर्देशिका जारी गर्न सक्नेछ ।
ग).निर्वाचन समितिले निर्वाचन कार्यक्रम निर्वाचन हुनुभन्दा ७ दिन अगावै प्रकाशित गर्नु पर्नेछ ।
घ).निर्वाचन सम्बन्धी सम्पूर्ण काम कारवाहीहरू निर्वाचन निर्देशिकाले तोके बमोजिम हुनेछ ।
ङ). निर्वाचन समितिले निर्वाचन प्रक्रिया तोकेर निर्णयकारी भुमिका खेल्दै मितव्ययी ढङ्गले निर्वाचन गर्ने,
च). उपयुक्त पदका लागी योग्यता पुगेकोलाई मात्र उमेदवारी दिनुपर्दछ ।
छ). निर्वाचनबाट नै नयाँ कार्यसमिति चुनिनेछ ।
ज). निर्वाचन सम्पन्न भएको भोलिपल्ट निर्वाचन समिति स्वत विघटन हुनेछ ।
झ). निर्वाचन विधिवत, स्वतंत्र र निष्पक्ष सम्पन्न गर्न निर्वाचन समितिको दायित्व हुनेछ।
इ.सा.स. निर्वाचन निर्देशिका – २०७४
१. निर्वाचन सम्बन्धी सम्पूर्ण व्यवस्था इन्जिनियरिङ साहित्यिक समाजको बिधान – २०७३ को दफा १८ मा तोकेबमोजिम हुनेछ । तथा यसको सम्पूर्ण व्यवस्था निर्वाचन समितिले गर्नेछ ।
२. निर्वाचन समितिले तोकेको मिति, समय र स्थानमा नै निर्वाचन हुनेछ ।
३. निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन कार्यतालिका अनुसार नै निर्वाचन कार्यबिधि हुनेछ ।
४. संस्थाका साधारण सदस्यहरूले मात्र निर्वाचनमा सहभागी हुन पाउनेछन् ।
५. निर्वाचनमा सहभागी हुन तथा कुनै पदमा उमेद्वारी दिनका लागी निर्वाचन समितिले तोकेको मिति भित्र बिधान अनुसार नै संस्थाको साधारण सदस्यता लिएको तथा आफ्नो सदस्यता नविकरण गरेको हुनुपर्नेछ ।
६. उपयुक्त पदका लागी उमेद्वारी दिन चाहने सदस्यहरूको योग्यता इन्जिनियरिङ साहित्यिक समाजको विधान – २०७३ को दफा १४ मा उल्लेख गरेबमोजिम हुनुपर्नेछ ।
७. निर्वाचन सम्बन्धी आचार संहिता प्रचलित नेपालको सबिधान अनुरूप हुनेछ ।
निर्वाचन कार्यतालिका
१. उमेद्वारी दर्ताः मिति २०७४ माघ ५ गते साझँ ८ बजे भित्र
२. साधारण सदस्य र उमेद्वार सूची प्रकाशनः मिति २०७४ माघ ६ गते बिहान ६ बजे भित्र
३. मौन अबधीः २०७४ माघ ६ गते साझँ ४ बजेबाट
४. निर्वाचनः २०७४ माघ ७ गते आइतबार, बिहान ८ बजे देखी सोही दिन बिहान ९ बजेसम्म, क्याम्पसको सेमिनार हल
५. नतिजा प्रकाशनः २०७४ माघ ७ गते आइतबार

मिथुन कुवँर – BCE 072 batch
अझै कति ढलीरहनु पर्ने हो धरहराहरु ?
खै किन खाली छैनन् कुनै कठघराहरु ?

मलाई पो आमाले भोटो किन्दिनु भएको छ ,
खै कसरी ठन्डी काट्छन् बाटोका बिचराहरू ?

पक्कै पनि मर्द मुगलान पसेको हुनु पर्छ ,
त्यसैले त ओईलाएका छन् यी अप्सराहरु ।

हर दिन बालबालिकाहरु एबीसीडी गाईरहन्छन्
कहाँ सुनिन्छ अाजभोली तोते बोलीमा कखराहरु ।

यी फुलेका फुल सबै तिम्रालागि पनि त होइनन्
किन यति बदमाश भएका सारा भमराहरु ?

एउटा बूढो शरीरले पाखा नियालिरहेछ
सुनौला हुन्थे कुनै जमानामा यी गराहरु ।

मन मुटूमा सजाएकै फुल्ले बिगार्नेछ!!
गर्दा पनि मज्जा आउने भुल्ले बिगार्नेछ!!


टिक्न देउ खुट्टा तिम्रो किन डुल्छ्यौ धेरै,
एकदिन पक्कै तिम्लाई तिम्रो चुलबुल्ले बिगार्नेछ!!


जस्को नजिक पर्छ्यौ उस्ले प्यारी बनाउने,
क्षण भरका प्रेमीहरुकै पुलपुल्ले बिगार्नेछ!!


मेरो जति प्यार दिन सक्दैन कोही तिम्लाई,
मेरा ती सब यादहरुकै हुल्ले बिगार्नेछ!!


©दिलिप पाण्डे (असान्त सागर)
20160708121657.jpg

Author Name

{picture#YOUR_PROFILE_PICTURE_URL} YOUR_PROFILE_DESCRIPTION {facebook#YOUR_SOCIAL_PROFILE_URL} {twitter#YOUR_SOCIAL_PROFILE_URL} {google#YOUR_SOCIAL_PROFILE_URL} {pinterest#YOUR_SOCIAL_PROFILE_URL} {youtube#YOUR_SOCIAL_PROFILE_URL} {instagram#YOUR_SOCIAL_PROFILE_URL}
manualslide

Contact Form

Name

Email *

Message *

Powered by Blogger.