मिथुन कुँवरको गजल ~ महिनावारी
--------------गजल-------------------
~~~~~महिनावारी ~~~~~
मिथुन कुँवर
--------------गजल-------------------
~~~~~महिनावारी ~~~~~
मिथुन कुँवर
मिठो लय, भाका, स्वर र शब्दका धनी गजलकार सुरेश सुवेदीका तथा उहाको लयमा अन्य सर्जकका केही गजलहरू
१. मनको सादा कागजमा केरी उनीलाई, लेख्दै छु म एउटा चिठी मेरी उनीलाई ~ सवाई छन्द
२. मादलु तालमा देउडा र रोधी गाउन बाकी छ, नलाउ ताला ढोकामा कोही आउन बाकी छ । ~झ्याउरे लय
३. तिमी आँशुका नागबेलीहरूमा, बग्यौ खल्किदै यी परेलीहरूमा ~ भुजंगप्रयात छन्द
४. तिमी अनाम मन्डली सदावहार सम्झनु, गएनी दूर देश यो अनन्त प्यार सम्झनु ~ पञ्चचामर छन्द
५. लुट्छ आफन्तले गास आफन्तको, शत्रु भन्दा बढी त्रास आफन्तको । ~ स्रविणी छन्द
त्यो सुन्दरताको अगाडि यो मन नतमस्तक छ, त म के गरु?
त्यसैले सायद, मुटुको अजिब/अजिब हर्कत छ, त म के गरु?
मेरो मन र मस्तिष्कको द्वन्द चलिरहन्छ आजभोली
किनकी मनलाई उस्को अति जरुरत छ, त म के गरु?
उ मेरी हुन सक्दिन भन्ने बुझिसक्यो, यो मस्तिष्कले
तर मनले उस्लाई नै चाहने आदत छ, त म के गरु?
हिजो भेट भो मेसेन्जरमा, तिमी खुशी त छौ नि, सोधी उस्ले
किनकी सायद मेरो प्रेम उस्लाई पनि अवगत छ, त म के गरु?
चाह्यो भने दुनियाँसंग लडेर उस्लाई जित्न पनि म सक्छु
तर उस्को सिउदोमा अब अर्कैको दस्तखत छ, त म के गरु?
-पुजन पौडेल
(हाल,धरान)
|
क्र.स |
बिषयबस्तु |
पेज नम्बर |
|
१. |
इ.सा.स. को विगत |
१ |
|
२. |
इन्जिनियरिङमा साहित्य किन? |
५ |
|
३. |
नेपालमा इन्जिनियरिङ अध्ययनको अवस्था |
७ |
|
साहित्यिक लेख रचनाहरु |
||
|
४. |
कविताहरु |
१०–३१ |
|
५. |
गजलहरु |
३२–४२ |
|
६. |
हाइकुहरु |
४२ |
|
७. |
मुक्तकहरु |
४३–४४ |
|
८. |
कथाहरु |
|
|
|
मेरो कथा |
४५ |
|
|
आशाको त्यान्द्रो |
४६ |
|
|
आख्यानः रुम नं १११ |
४८ |
|
|
केवल प्रेम जस्तै |
५० |
|
|
अल्बिदा |
५२ |
|
|
माथी त अझै माथी सरेछ
। |
५३ |
|
९. |
लघुकथाहरु |
|
|
|
कस्लाई नि नानी ? |
५४ |
|
|
मातृभूमिप्रतिको समपर्ण |
५४ |
|
१०. |
साहित्य उत्सवमा नेपाली सहभागीलाई प्रश्नः ‘तपाईं अफगानिस्तानबाट
हो ?’ |
५५ |
|
११. |
प्रेम पत्रहरु |
५८ |
|
|
‘प्रेम पत्र प्रतियोगिता–२०७२’
का उत्कृष्ट प्रेमपत्रहरु |
५८–६१ |
|
|
‘प्रेम पत्र प्रतियोगिता–२०७३’
का उत्कृष्ट प्रेमपत्रहरु |
६२–६८ |
|
१२. |
अन्तवार्ता–स्व.वि.यु. सभापति सगँको अन्तर्वाता |
६९ |
|
ज्ञानवद्धक लेख रचनाहरु |
||
|
१३. |
मनुष्य जन्मको अर्थ |
७० |
|
१४. |
मन के हो ? |
७२ |
|
१५. |
जीवनमा सफल कसरी हुन सकिन्छ ? |
७४ |
|
प्राविधिक लेख रचनाहरु |
||
|
१६. |
माटो बिनाको खेती |
७५ |
|
१७. |
Search engine breakdown |
७६ |
|
१८. |
Aeronautics |
७९ |
|
१९. |
Blue Core Technology |
८१ |
|
२० |
DTS-i Technology |
८२ |
|
२१. |
How I.C. engine works? |
८४ |
|
२२. |
Impact of Technology on Information
Pollution |
८५ |
|
२३. |
83,000 MW or at least 52000 MW: Every
Engineer's Dream |
८६ |
|
२४. |
Farm Mechanization in Nepal |
८७ |
|
२५. |
कम्प्युटर रिफ्रेस सम्बन्धि जानकारी |
८८ |
|
२६. |
अड्रिनो |
८८ |
|
२७. |
माटोको स्वास्थ्य तथा विशिष्ट गुण थाहा पाउन माटो परिक्षण |
९१ |
|
२८. |
गर्मिमा शितलता/चिसोपना र
चिसो पानी बनाउने सरल तरिकाहरु |
९३ |
|
२९ |
महत्वपुर्ण संरचनामा स्टिलको भूमिका |
९५ |
|
अनुसन्धानमूलक लेख रचना |
||
|
३० |
Validation of Hill slope run off by
Kinematic Storage Model (KSM) |
९६ |

– पदम प्रसाद पौडेल (पूर्व अध्यक्ष, इ.सा.स.–धरान )
इन्जिनियरिङ पढ्दै गरेको एक विद्यार्थी साहित्यिक क्षेत्रतिर कत्तिको रुचि राख्छ भनेर आम जनसमाजले के सोच्छ होला? पक्कै पनि धेरैले यो सोच्नुहुदो रहेछ की, ‘त्यहाँका विद्यार्थीहरु प्रबिधिसँग खेल्छन् उनीहरु प्रबिधि भन्दा बाहिरको कुरामा त्यति चासो दिदैनन् र साहित्यमा पनि खासै रुचि राख्दैनन् ।’ यही अङ्कुरण प्रकाशनका सन्दर्भमा विभिन्न ठाउँहरुमा जादाँ उनीहरुको सोचाइ विपरित हामीहरुलाई भेट्दा उनीहरुले गर्ने प्रश्न हुन्थ्यो, ‘इन्जिनियरिङमा साहित्य किन?’
हामी जन्मिए पछि हुर्कदै गर्दा देखि नै हामीलाई साहित्य सिकाइएको थियो, कहिले सुताउन त कहिले फकाउनका लागी आमा तथा दिदीहरुले सुनाउने बालगीत, बालकविता साथै बाबाले सुनाउने रोचक ज्ञानवद्धक बालकथाहरु, दन्त्यकथाहरु बाट नै हामीलाई साहित्य सिकाउन थालिएको थियो । त्यस्तै आफ्नो रहनसहन, रीतिरिवाज, संस्कृति, ठाउँ अनुसार बेलाबखतमा गाइने मौलिक लोक गीत, संस्कृतिहरु जस्तै देउडा, रोधी, भजन किर्तन, बालन, सङ्गिनी आदीबाट पनि साहित्य क्षेत्रतर्फ बिशेष रुचि बढाउदै गयाौँ । हामीले पढ्न सुरु गर्दा पनि कक्षा एकमा ‘तारा बाँजी लै लै’ बाट सुरु गरेका थियौ । यही तरिकाले हामी साहित्यतर्फ अझ नजिक हुदैँ गयौँ । हामी यस इन्जिनियरिङको कोठामा छिर्नुभन्दा पहिला संघारमा आउदासम्म हामीलाई साहित्यले साथ दियो, र अब पनि किन बिर्सने साहित्यलाई ? हामीलाई यसरी यहाँसम्म ल्याउने विभिन्न कुराहरु सिकाउने बुझाउने साहित्यलाई हामीले चटक्क नछोडेर साथै लिएर आएका हौ । त्यसैले इन्जिनियरिङमा साहित्य कसरी आयो, भन्ने प्रश्न अब रहेन ।
मानिस एउटा भावनात्मक समाजिक प्राणी हो, सबैको मन हुन्छ र आफ्नो आफ्नो रुची हुन्छ । मन भावनामा बहकिने गर्दछ, भावनामा पग्लिने गर्दछ । कहिले मन भित्रको पीडा, तनावको कारणले बहकिन्छ, त कहिले अतभुत् खुसिका क्षणहरु छचल्किएर बहकिन्छ, भने कहिले अरुको दुःखमा मानवताको हिसाबले सहानुभुति प्रकट गर्दै पग्लिन्छ । यस्तो बेलामा खासगरि मनमा विभिन्न कुराहरु खेल्ने गर्दछन् । तिनीहरुलाई कतैकही पोख्न सकियो भने तथा व्यक्त गर्न सकियो भने मात्र अझ आनन्द प्राप्ती तथा पीडा कम भएको महसुस हुन्छ । कसैले त्यही कुरालाई कसैसगँ भनेर व्यक्त गर्छन्, कसैले गीत गाएर व्यक्त गर्छन् भने कसैले लेखेर व्यक्त गर्छन् । यसरी लेखेर व्यक्त गरीएको कुराबाट नै साहित्य जन्मन्छ, जसलाई सजिलै गाउन तथा पढ्न सकिन्छ । यसरी गाउदा तथा पढ्दा नयाँ छुट्टै कुरा सिकेजस्तो र केही गरौँ गरौँ बनाउने खालको शरीरमा उर्जा जगाइदिएको जस्तो महसुस हुन्छ । हामीहरु देख्न सक्छौ, आजभोलीका यवाहरुको गीतसंगित, चलचित्रहरुमा कत्तिको आकषर्ण छ भन्ने कुरा यसबाट पनि हामीलाई यो कुरा थाहा हुन्छ की उनीहरुलाई साहित्य कत्तिको मन पर्दो रहेछ ? किनकी गीतसंगित, चलचित्रहरुमा पनि साहित्यको ठुलो साथ रहेको हुन्छ । गीतसंगित सुन्दै गर्दा तथा चलचित्र हेर्दै गर्दा त्यसैको तालमा बग्ने गर्छन र अन्त्यमा ताजा/उर्जाशील भएको अनुभुत गर्छन् । साहित्यमा भावनात्मक कुराहरु मात्र हुन्छन् भन्ने छैन, यहाँ देशप्रेमका कुरा, समाज सुधारका कुरा, ज्ञानवद्धक, व्यक्तित्व विकास सम्बन्धी कुराहरु एवम् प्राबिधिक कुराहरु समेत समेटिएको हुन्छन् ।
हामी सबैलाई थाहा भएकै कुरा हो, साहित्य समाजको एक अभिन्न अंग हो, समाज विकास र परिवर्तनको एक महत्वपूर्ण आधार हो । साहित्यको विकास, सम्बद्र्धन र उत्थान विना कुनै पनि समाज एक कदम पनि अगाडी बढ्न सक्दैन । साहित्यले समाजमा जरो गाडेर बसिरहेका विभिन्न समस्याहरुलाई जस्ताको त्यस्तै टपक्क टिपेर तिनको समाधान खोजेर ज्ञानगुनका कुरा बाढ्ने गर्दछ । त्यसकारण त्यस्ता ज्ञानगुनका कुराहरु जनसमाजमा पुर्याएर समाज सुधार गर्नका लागी मुलत साहित्यको अपरिहार्यता हुन्छ । आखिर मानिस आफ्नो कामको सिलसिलामा समाजमा पुग्नु पर्छ, त्यती बेला साहित्य नभइ हुदैन, साहित्यले उसलाई त्यहाँ बस्न सिकाउछ त्यहाको रहन संस्कृतिसँग घुलमिल हुन सिकाउछ । मान्छेलाई आफ्नो व्यक्तित्व विकासका लागी पनि साहित्यको आवश्यकता पर्दछ, जस्तै जीवनका हरेक पाइला पाइलामा सफलता प्राप्त गर्दै अगाडी बढ्न व्यक्ती आफैमा भित्रबाट नै सबल हुनुपर्दछ, त्यस्तो खालको उर्जा प्रदान गर्नमा साहित्यको ठुलो हात रहन्छ । यसकारण साहित्यको सम्बन्ध हरेक मानिसहरुसगँ रहेको छ । समग्रमा साहित्य भनेको व्यक्ति, समाज तथा समग्र देश विकास र परिवर्तनकाएक आधार हो ।
साहित्यले मानिसमा पठन तथा लेखन शैलीको विकास गर्दछ । यस्तो सिर्जनशील रचनात्मक कुराले मानिस तथा समाजमा सकारात्मक परिवर्तन ल्याउछ त्यसैले यसलाई निरन्तरता दिनुपर्दछ अझ विस्तार गनुपर्छ । साहित्यलाई यो स्थानसम्म ल्याइ पुर्याउन अग्रज साहित्यकारहरुको ठुलो त्याग छ तर खास कुरा, अझै पनि साहित्यको प्रचारप्रचार र विकास राम्रोसँग हुन नसक्नाले धेरैलाई साहित्य भन्ने थाहा नहुन सक्छ । अब यो जिम्मेवारी हाम्रो काधँमा छ यसलाई हामीले पुरा गनुपर्छ ।
इन्जिनियरिङका विद्यार्थीहरु पनि मानिस नै हुन्, उनीहरुमा पनि मन हुन्छ, मनमा भावनाहरु खेल्छन्, उनीहरुको मनमा पनि दया र माया हुन्छ । उनीहरु पनि मानवीय संवेदनशिल हुन्छन् अरुको पीडा तथा दुःखमा सहानुभुती प्रकट गर्छन् । इन्जिनियरिङका विद्यार्थीहरु यही समाजबाट हुर्केर गएका हुन्, पछि इन्जिनियर बनेर काम गर्न आउने ठाउँ भनेकै यही समाज हो, त्यसैले यो समाजको बारेमा धेरै कुरा जान्नुपर्छ, समाजमा घुल्न जान्नुपर्ने हुन्छ । एकएक समस्याहरु केलाउन जान्नु पर्छ र तिनको समाधान दिन सक्नुपर्छ । उनीहरुले पनि आफैले आपूmलाई आफ्नो व्यक्तित्व विकास गरेर एउटा सहि दिशातिर लैजानु पर्छ । यी सम्पूर्ण कुराहरुमा साहित्यले बिशेष सहयोग प्रदान गर्ने गर्दछ । त्यसैले इन्जिनियरहरुलाई पनि साहित्यको महत्व छ । तब मात्र एक इन्जिनियर खास हुनुपर्ने इन्जिनियर कुशल, सामाजिक तथा मानवीय संवेदनशील इन्जिनियर बन्न सक्छ र उसले मात्र समाज सुधार, विकास तथा परिवर्तन गर्नमा बिशेष सहयोग गर्न सक्छ । त्यसैले इन्जिनियरिङमा साहित्य हुनु कुनै नौलो र अनौठो कुरा नभइ एउटा आवश्यकताको बिषय रहेको कुरा यसरी प्रष्ट पार्न सकिन्छ ।
यो अंकुरण वर्ष २०७४ मा प्रकाशित रचना हो । यो लेख प्रकाशन गर्दा लेखक पदम प्रसाद पौडेल, इन्जिनियरिङ साहित्यिक समाजका अध्यक्ष थिए ।